ताजा अपडेट »

कार्यालय प्रमुखलाई लुम्बिनीका मुख्यमन्त्रीको निर्देशन : एक्सन प्लानमा काम गर्नुहोस्

बुधबार, २७ असार २०८०

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कार्य कार्योजनामार्फत विकासका काम गनुपर्ने बताएका छन् । प्रदेश सरकार अन्तरगत दाङ जिल्लामा रहेका कार्यालय प्रमुखलाई कार्योजना बनाएर सम्पादन गर्न निर्देशन दिए ।

दाङ जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मुख्यमन्त्री चौधरीले जनताले प्रत्यक्षरुपमा अनुभूतिगर्ने गरि विकास निर्माणका काम गर्न र ती काम कार्यालयले कार्ययोजना बनाएर मात्र सञ्चालन गर्न आग्रह गरे । ''विकास र समृद्धिका लागि एक्सन प्लान’ बनाएर काम गरौं,' मुख्यमन्त्री चौधरीले भने, 'जसले परिणाम राम्रो र उत्कृष्ट दिन सकोस् ।'

उनले काम गर्दा अलमल गर्ने, ढिला सुस्ती गर्ने काम बन्द गर्न र जनताको आवश्यकता अनुसार त्यो पनि उत्पादन मुलक काममा ध्यान दिन निर्देशन गरे । बुधबार दाङको घोराहीमा भएको कार्यक्रममा मुख्यमन्त्री चौधरीले कार्यालयको कार्य सम्पादन प्रभावकारी बनाउन आग्रह गरे ।

मुख्यमन्त्री चौधरीले कार्यालयमा क्षेत्रगत कामको विभाजन गरि कार्यसम्पादन गर्न र आवश्यकता जनशक्तिलाई समेत त्यहि अनुसार व्यवस्थापन गर्न निर्देशन दिए । उनले हरेक योजना उत्पादन र रोजगारसंग जोड्नु पर्ने बताए । कार्यालय प्रमुखहरूले आर्थिक वर्ष २०७९/२०८०को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ योजानाको विषयमा जानकारी गराएका थिए । उनीहरुले साना योजनाहर धेरै भएको हुदा कार्यान्वयनमा समेत समस्या रहेको र कार्यान्वयनका लागि प्राविधिक जनशक्ति सकेत कम रहेको बताएका थिए ।