ताजा अपडेट »

परासीमा मापदण्ड विपरित सञ्चालन भएका २ औषधी पसलमा शिल

बुधबार, २७ असार २०८०

बुवटल । नवलपरासीको परासीमा मापदण्ड बिपरीत संचालन रहेका औषधी पसलमा अनुगमन समितीले शिल गरेको छ । दुईवटा औषधी पसललाई शिल गरिएको संयुक्त जिल्ला बजार अनुगमन समितीका संयोजक एव सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिए ।

परासी बुद्धचोकमा रहेको सन मेडिको औषधी पसलमा आवश्यक कागजातपत्र नभेटेपछि अनुगमन टोलीले शिल गरेको छ । यसैगरी रामग्राम–१८ बन्जरियामा सञ्चालित प्रवेश उपचार केन्द्रमा शिल गरिएको हो । उक्त केन्द्रमा कुनै पनि निकायको ईजाजतपत्र नलिई संचालन गरेको पाइएपछि शिल गरिएको अनुगमन टोलीले बतायो ।

यसैगरी रामग्राम–१८ मा रहेको सुदा टे«डर्स एण्ड सप्लायर्सबाट अवैध रुपमा ल्याईएको र बिलबिजक नरहेको २ सय ५० केजी चिनी नियन्त्रणमा लिईएको अनुगमन समितीका सदस्य एव जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

अनुगमनमा स्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थी, करदाता सेवा परासीका प्रमुख बिकल्प भट्टराई, रामग्राम नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन, उपभोक्ता हित संरक्षण मञ्चकी जिल्ला अध्यक्ष सरस्वती शर्मा, नेपाल पत्रकार महांघका कार्यसमिती सदस्य गौरीशंकर जयसवाल, घरेलु तथा साना उद्योगका नबिन बस्यालको सहभागिता रहेको थियो ।