ताजा अपडेट »

पशुपति आर्यघाट पुगेर केपी ओलीले दिए सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली

बुधबार, २७ असार २०८०

काठमाडौं। नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टिको तयारी भइरहेको छ । 

पशुपति आर्यघाटमा पुगेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दाहालप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् । 

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए ।