ताजा अपडेट »

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

बुधबार, २७ असार २०८०

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ ।

दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगले मस्तिष्कमा असर गरेका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।