बुटवल । तिलोत्तमा नगरपालिकाले २१ वटा विद्यालयहरुलाई प्रोजेक्टर र ल्यापटप वितरण गरेको छ । नगरपालिकाले नगरभित्रका माध्यमिक तहका २१ वटा विद्यालयहरुलाई मंगलबार प्रति विद्यालय १/१ वटा प्रोजेक्टर र ल्यापटप वितरण गरेको हो।
अहिलेको युग विज्ञान र प्रविधिको युग रहेकाले विद्यालयहरु पनि प्रविधिमैत्री बन्नु पर्ने भएकाले विद्यालयहरुलाई प्राजेक्टर र ल्यापटप वितरण गरेको नगरप्रमुख रामकृष्ण खाँणले बताए । तिलोत्तमा नगरको शिक्षालाई प्रविधि मैत्री बनाउनका लागि आफु प्रतिबद्ध रहेको र त्यसका लागि नगरपालिकाको तर्फबाट गर्नु पर्ने हरेक प्रकारका सहयोग गर्ने बताए ।
‘अहिलेको विज्ञान र प्रविधिको युगमा विद्यालयहरुको सिकाई पनि प्रविधिमैत्री हुनुपर्छ । प्राविधिक शिक्षाको विकासबाट मात्रै नगर र राष्ट्रको विकास सम्भव छ । ’–नगरप्रमुख खाँणले भने ‘यसकारणले गर्दा विद्यालयहरुलाई प्रविधिमैत्री बनाउनका लागि ती स्रामगी प्रदान गरिएको हो । ’
प्रतिक्रिया