काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार दुर्घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ।असई बस्नेतले तीन जनाको शव फेला परेको बताएको बास्तोलाको भनाइ छ।
आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्।
प्रतिक्रिया