बुटवल । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।
बैंकद्वारा सिद्धार्थनगर नगरपालिका को सहकार्यमा सोही नगरपालिकाको सिद्धार्थ राजमार्ग अन्र्तगत पर्ने देवकोटा चोकमा वृक्षारोपण कार्य सम्पन्न गरीएको छ । उक्त स्थानमा आयोजित एक समारोहका बिच सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँ र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लव प्रसाद कुईकेल ले संयुक्त रुपमा वृक्षारोपण कार्यको शुभारम्भ गर्नु भएको हो । उक्त कार्यक्रममा नगरपालिकाका नगर जनप्रतिनिधिहरु, प्रमुख प्रशासकिय अधिकृत नवराज पौडेल, एभरेष्ट बैंक लिमिटेड भैरहवा शाखाका प्रबन्धक श्री धु्रव प्रसाद आचार्य लगायत सिद्धार्थनगर नगरपालिका र एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
वृक्षारोपण गरौ, वातावरण संरक्षणमा टेवा पुर्याऔं भन्ने नाराका साथ सिद्धार्थनगर नगरपालिका र एभरेष्ट बैंक लिमिटेड भैरहवा शाखाको सहकार्यमा सम्पन्न यस कार्यबाट नगरको हरियाली प्रवद्र्धन तथा शहरी सौन्दर्य वृद्धिमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै उक्त कार्यक्रममा नगर प्रमुख इस्तियाक अहमद खाँले एभरेष्ट बैंकले संस्थागत समाजिक उत्तरदायित्व अन्र्तगत उक्त वृक्षारोपण कार्यका अतिरिक्त विद्युतिय शवदाह गृह निर्माण तथा मर्मत सम्भार लगायत का सामाजिक कार्यहरुका लागी सहकार्य गर्दै आएको र आगामी दिनमा समेत थप सहकार्य गर्दै जाने विश्वास व्यक्त गरे ।
स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हाल सम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशै भरि छरिएर रहेको आफ्नो १२६ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६१ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र मोबाइल बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
प्रतिक्रिया