भैरहवा । वैदेशिक रोजगारीको नाममा अझै पनि ठगिका घटनाहरु अत्याधिक हुने गरेको छ । सुरक्षित आप्रवासन सम्बन्धि क्षेत्रमा काम गर्ने सामी परियोजनाले अझै पनि वैदेशिक रोजगारीमा जानेहरु मध्ये धेरै जना ठगिको शिकार हुने गरेको तथ्य सार्वजनिक गरेको छ ।
सामीले भैरहवामा आयोजना गरेको समिक्षा कार्यक्रममा परियोजनाका संयोजक सीता पन्थले चालु आर्थिक बर्षमा आफुहरुले १ सय ६५ वटा ठगि सम्बन्धि समस्या भएकालाई परामर्श दिई निःशुल्क कानूनी सहायतामा सहयोग गरेको बताईन । पन्थीले यस अवधिमा २४ जना मृत्यु भएकाको परिवार, स्वास्थ्य सम्बन्धि समस्यामा परेका १२ जना, हराएका २ जना, अल्पत्र परेका १५ जनालाई उद्दार एवम अन्यलाई समेत गरि २ सय ५८ जनालाई निःशुल्क कानूनी सहायतमा सहजीकरण गरेको बताईन । सामीद्वारा सञ्चालित आप्रवासी श्रोत केन्द्रमा दर्ता भएका यस्ता २ सय ५८ वटा समस्याहरु मध्ये १ सय ३० वटा समाधान गरिसकिएको र १ सय २८ वटा प्रक्रियामा रहेको उनले जानकारी दिईन ।
चालु आर्थिक वर्षमा सामीको सम्पर्कमा आउने मध्ये १ हजार १ सय ३९ जनालाई फोन फलोअप गरिएको, ६१ जना वैदेशिक रोजगारीमा गएको, १९ जनालाई सीपको लागि सिफारिस गरेको, महत्वपूर्ण कागजात र पासवर्ड घरमा छोडेर आएकालाई सहजीकरण गरेको पन्थीले जानकारी दिईन । पैसा लिएर विदेश नपठाएको, काम, तलबमा समस्या, मृत्यु अथवा बिरामी, नेपाल फर्कन चाहने, भिजिट भिषामा समस्या, जेल तथा उद्दार एवम् सम्पर्क विहिन हुने जस्ता समस्या लिएर श्रोत केन्द्रमा सेवाग्राहीहरु आउने गरेको पन्थीको भनाई छ ।
विदेश जाने युवायुवती अहिले पनि उपयुक्त सीप नलिई बिदेश जाँदा दुःख पाउने गरेको उनले बताईन । सहि सूचना र सहि सीपको अभावमा वैदेशिक रोजगारमा जाने नेपालीहरु बढी समस्यामा पर्ने गरेको उनको भनाई थियो । वैदेशिक रोजगारीमा रहेका वा त्यँहाबाट फर्किएका युवाहरु प्रमाण विहिन अवस्थामा रहेको कारण उनीहरुको मुद्दा सहजीकरणमा कठिनाई आउने गरेको उनको भनाई छ । यस्ता विदेश जाने युवा युवतीका लागि परियोजनाले सूचनामा पहुँच, सीप/तालीमको लागी सहजीकरण, न्यायमा सहजीकरण, मनोसामाजिक परामर्शको सिफरीस एवम बित्तिय साक्षरता कक्षाहरु सञ्चालन गरि आएको बताईन ।
प्रतिक्रिया