ताजा अपडेट »

काठमाडाैंमा आन्दोलन गर्ने उखु किसानले मात्रै पाए भुक्तानी

बुधबार, ०८ माघ २०७६

माघ ८,

काठमाडौं । सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौलबाट भुक्तानि नपाउँदा उखु किसानको समस्या कायमै छ । उद्योगका सञ्चालकले सरकारसँग गरेको सहमति अनुसार भुक्तानि नपाउँदा किसान निराश भएका छन् । लामो समयसम्म किसाने चिनी उद्योगबाट भुक्तानि नपाए पछि काठमाण्डौं पुगेर आन्दोलन गरेका थिए । किसानको आन्दोलनपछि उद्योगीले सरकार समक्ष माघको पहिलो हप्ता सम्पूर्ण रकम भुत्तानि गर्ने सहमति जनाएका थिए ।

तर विगत तीन वर्षदेखिको भुक्तानि नदिएको अन्नपूर्ण चिनी उद्योगले सहमतिपछि पनि सबै किसानलाई भुक्तानि दिएको छैन् । आन्दोलन गर्न काठमाण्डौं पुगेका किसानको मात्रै उद्योगले भुक्तानि गरेको छ । अन्नपूर्णले सरकारसँग यो पटक गरेको सहमति मात्रै नभई यसअघि स्थानीय प्रशासनसँग गरेको सहमति पनि कार्यान्वयन गरेको छैन् । किसानलाई अघिल्ला वर्षहरुको भुक्तानि दिन नसकेर सर्लाहीका तीन चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग अझै सञ्चालनमा आउन सकेको छैन् । –गोरखापत्र दैनिक