ताजा अपडेट »

इडन ईङ्लिस बाेडिङ्ग स्कुलका कपिल केसिले ल्याए ३.८ जिपिए

आइतबार, २४ असार २०८०

बुटवल । यस बर्ष प्रकाशित भएकाे एसईईकाे नतिजामा बुटवल ११ नहरपुरमा रहेकाे इडन ईङ्लिस बाेडिङ्ग स्कुलले उत्कृष्ट नतिजा ल्याउन सफल भएकाे छ ।

बुटवल पारिकाे उत्कृष्ट विद्यालयकाे रुपमा रहेकाे विद्यालयले २०७९ काे नतिजामा A + तीन जना विद्यार्थीले ल्याउन सफल भएकाे विद्यालयका प्राचार्य शिवहरि भट्टराईले जानकारि दिनुभयाे ।

२४ जना विद्यार्थी सहभागी भएकोमा A ३ , B+ १३ , B ३ र C+ २ जना विद्यार्थीले ल्याएकाे विद्यालयका अतिरिक्त क्रयाकलाप प्रमुख कुशल बेल्बासेले जानकारि दिनुभयाे । विद्यालयका छात्र कपिल केसिले जिपिए ३.८ सहित यश क्षेत्रमा उत्कृष्ट अङ्क ल्याएकाे विद्यालयले दावि गरेकाे छ । २०५१ सालमा स्थापित यस विद्यालयमा पेले गुरुप देखि कक्षा १२ सम्म अध्ययन हुँदै आइरहेकाे छ । विद्यालयमा कक्षा ११ मा व्यवस्थापन र मानविकी संकायमा विभिन्न विषयहरुमा अध्ययन हुँदै आईरहेकाे छ ।