ताजा अपडेट »

दाङमा खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु

शनिबार, २३ असार २०८०

दाङ । पातुखोलामा डुबेर एक बालकको निधन भएको छ । तुलसीपुर ७ गैरापातु निवासी तुलसी दमाईका ११ वर्षिय छोरा रबिन परीयार पातुखोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

साथीसँगै खोलामा नुहाउन गएका बालक डुबेको अवस्थामा स्थानीयले फेला पारेको उनले बताए । पानीमा डुबेका बालकको उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गर्ने क्रममा शनिबार दिउँसो साढे तीन बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।