ताजा अपडेट »

बुटवल रक्सद्वारा रविन तामाङको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम

शनिबार, २३ असार २०८०


बुटवल । बुटवल रक्सको संयोजकत्वमा गायक तथा अभिनेता रविन तामाङको सम्झनामा शनिबार बुटवलको होराइजन चोकमा श्रदान्जली कार्यक्रम सम्पन्न गरेको छ।‌ ‌

सो‌ कार्यक्रममा विभिन्न संगीतकर्मीहरु, संगीतप्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। हातमा मैनबत्ती, कार्यक्रम ब्यानरसहित सम्वेदना गीतहरु बुटवल रक्सका संगीतकर्मीहरुले रबिन तामाङप्रति अर्पण गरेका थिए। कार्यक्रममा लगभग ७०/८० भन्दा‌ बढीको उपस्थिति रहेको बुटवल रक्सका सचिव अनुप प्रधानले‌ जानकारी गराए।

नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङ अनगिन्ती संगीतकर्मीहरुका प्रेरणाका स्रोत थिए। उनको रक म्युजिकप्रतिको योगदान सधैं सबैका लागि यादगार हुनेछन्। बुटवल रक्स लगायत‌‌ सम्पुर्ण संगीतकर्मीहरुको तर्फबाट गायक तथा संगीतकार रविन तामाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।