‘मेरो लक्ष्य सबैभन्दा बढी कर तिर्ने र नेपालमामै बसेर सबै भन्दा धेरैलाई रोजगारी सिर्जना गर्ने संस्था बनाउनु हो ।’ व्यवसायी मिनबहादुर गुरुङले हरेक पटक आफ्ना व्यवसायीक योजनाहरु सुनाउँदा अक्सर भन्ने बाक्य हुन यी । नेपालमै बसेर नेपालकै लागि केही नयाँ गर्नू पर्छ भन्ने मान्यता लिएर अगाडि बढेका हुन उनी । नेपालमा अधिकांस मारवाडीं समुदायका व्यावसायीहरुले सफलताकासाथ ठूला व्यापार व्यावसायको साम्राज्य हांकिरहेका ठाउँमा दूर्गम पहाडी जिल्ला खोटाङ्गको विकट गाउँको मध्यम बर्गीय परिवारमा जन्मेका मीनबहादुर नेपालकै ठूलो र सफल सुपरस्टोर भाटभटेनीका अध्यक्ष हुन । उनलाई नजान्ने र नचिन्ने कमै नेपाली छन ।
२०५० सालमा नेपाल बैंकको जागिरे रहँदै गर्दा आफ्ना आफन्तीहरु हङकङ आवत जावत गरेको देखेका उनी त्यसैबाट प्रभावित भएर व्यापारतर्फ अकर्षित भए । उनले नेपाल बैंकको अधिकृत पदबाट राजीनामा गरी पूर्णकालिन व्यावसायमा होमीए । तत् पश्चात भाटभटेनी, नक्सालमा सामान्य कोल्ड स्टोर सहितको खुद्रा पसल खोलेर व्यसायीक यात्रामा लागेका उनी अथक मेहनत र शाहसले भाटभटेनीको बिशाल संरचना खडा गर्न सफल भए । जुन आज नेपालको नं. १ सपिङ गन्तब्य पनि हो ।
राज्य प्रति उनीहरुमा वितृष्णा छ । त्यस्ता युवाहरुलाई पनि नेपालमा रोजगारको सिर्जना गरी उनीहरुको पसिना स्वदेशमै प्रयोग गर्नुपर्छ भन्ने मान्यतामा सधै हिँडी रहे मिनबहादुर ।
हट्टकट्टा शरिर, देख्दै खाइलाग्दो, त्यसमाथि गुरुङको छोरा, परिवारमा छिमेकमा सबैजाना लाहुरे बन्ने रहर पाल्थे, कति जना त लाहुरेनै भैसकेका थिए तै पनि कहिल्यै उनलाई अरु साथीहरु जस्तै भारतीय वा बेलायति लाहुरे बन्ने रहर जागेन । देशमै केही गर्नुपर्छ भन्ने सोच पालेका उनले शैक्षिक तथा व्यवसायिक सफलताहरु प्राप्त गर्दै जाँदा समेत अरुको जस्तै बिकसित तथा युरोपियन राष्ट्रको पिआर बोक्ने रहर पालेनन् ।
नेपालमा बसेर काम पाइँदैन, मेहनत गर्न सकिदैन, पैसा कमाउन सकिदैन भनेर दैनिक लाखौ युवाहरु विदेशीएको बेलामा पनि आफ्नै मुलुकमै केही गर्नुपर्छ भन्ने हुटहुटी पाले र सोही मान्यतामा उनी सधैभरी अडिग नै रहे । मुलुकमा व्याप्त आर्थिक संकट, बेरोजगारी तथा राजनीतिक अस्थिरताले युवाहरुमा देशभित्र बस्न सकिदैन भन्ने मान्यता जागेको छ । अधिकांस युवाहरु देश छोड्न आतुर छन । राज्य प्रति उनीहरुमा वितृष्णा छ । त्यस्ता युवाहरुलाई पनि नेपालमा रोजगारको सिर्जना गरी उनीहरुको पसिना स्वदेशमै प्रयोग गर्नुपर्छ भन्ने मान्यतामा सधै हिँडी रहे मिनबहादुर ।
पीता पुर्खा साथीभाई जस्तो मिनबहादुर भारत या बेलायतको लाहुरे बन्न गएनन् । उनले बेग्लै सपना देखे र त्यो सपना साकार पार्न दिन रात एक गरे । दुइ चार वर्ष होइन, चालीस वर्ष अनवरत लागेर दिनरात केही नभनी अथक मेहनत गरे । समय लाग्यो तर दह्रो पहिचान बनाउन सफल पनि भयो भाटभटेनी सुपरमार्केट ।
यही तपस्या र त्यागले मुलुकको नामी व्यवसायी भएर दसौं हजारलाई रोजगारी दिलाए, पचासौं हजार परिवारको जीविकोपार्जनमा सहयोग गरे र सरकारलाई अर्बौ राजस्व तिरे । आफ्नो व्यवसायको आम्दानीबाट यही समाजका लागि आवस्यक पर्दा करोडौ करोड पनि सहयोग गर्न कहिल्यै पछाडि परेनन् । आफैमा सधैव सकारत्मक काम गर्छु भनेर देश र समाजकालगि निरन्तर उभिएता पनि उनै मिन बहादुरलाई यहीे समाजले भने सकारात्मक रुपमा लिन सकेन ।
मुलुकलाई सबैभन्दा बढी कर तिर्छु, सबैभन्दा धेरै नेपालीलाई रोजगार दिन्छु भनेर सपना देख्ने मिनबहादुर उनकै भाषामा नखाएको बिष लागेर अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान बिभाग (सिआईबि)को नियन्त्रणमा छन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि उनलाई सिआईबिले हिरासतमा लिएको छ । प्रहरी अनुसन्धान र अदालतले दोषी सावित नगर्दै यही समाजले उनलाई मुलुकको ठूलो दोषी करार गरिरहेको छ । सामान्य पसलबाट मुलुककै अत्याधुनिक डिपार्टमेन्टल स्टोर हाक्ने मालिक बनेका मिनबहादुरले मुलुकको आर्थिक समृद्धिका लागि गरेका व्यवसायीक योगदानहरु समेत ओझेलमा पार्दे ठूलै अपराधी जसरी समाजले प्रश्न उठाउँदै छ ।
मुलुक गणतान्त्रिक अभ्यासमा आएसंगै सबैले वाक स्वतन्त्रताको भरपुर उपयोग मज्जैले गर्न पाएकैछन । समाजमा ब्याप्त लालसा र कुण्ठा मज्जैसंग निकाल्न सकेकै छन । मजैसँग बिरोध गर्न पाईएकै छ, बुर्कुसी मार्न पाएको छ । न्यायलयमा, संसदमा, मन्त्री÷माननियका क्वाटरहरुमा मात्र होइन चोक–चोकमा, चिया चौतारीमा यत्र तत्र स्वन्यायधिशहरु जन्मिएका छन, विश्लेषकहरु जन्मिएका छन । अझ सामाजिक संजालमा त अनुमानकै भरमा पनि अपराधीनै करार गर्ने प्रवृत्ति बढेको छ ।
अनुसन्धानले वास्तविकता किनारा लगाउन नपाउँदै सोही ललिता निवास जग्गा प्रकरणमै अदालतको तारीखमा समेत रहेका उनै मिनबहादुरलाई पुनः अरुहरुसंगै नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । यसैलाई आधारमानेर मुलुकको आर्थिक क्षेत्रमा वार्षिक अरबौंको योगदान पुर्याउने एउटा सफल व्यवसायीलाई दोषी करार गरिरहेका छन स्वघोषित समाजसेवी र अभियान्ताहरुले ।
अहिले समाचार ब्रेक गर्ने, भाईरल बनाउने होड जस्तोनै छ । कसले छिटो ब्रेकिङ गर्ने, कस्ता सनसनि खालका सिर्षक हाल्ने प्रतिस्पर्धा नै छ । रेडीयो, टिभि, पत्रिका, अनलाईन, यूटुव र टिकटक सबैलाई समाचार नै चाहीएको छ । सबैलाई क्लिक र लाइक चाहिएको छ । राज्यले गरेको व्यावहारमा कुनै पनि आरोपितलाई अन्याय पो भयो कि भनेर सोच्नेसम्म कसैलाई फुर्सद नै छैन । हामी कस्तो भएका छौ भने राज्यले कसैमाथि कडा व्यवहार अपनायो वा आरोप लगायो भनेपनि एकाएक समाचार आएकै भरमा अपराधी प्रमाणित भए नै जसरी मत राख्दछौ ।
मिनबहादुरलाई पहिलो पल्ट भेट्दा उनको सरल व्यावहार, हार्दिकता अनि सकरात्मक सोचबाट निकै प्रभावित भएको थिए । नियमित रुपमा भेटघाटसंगै उनलाई नजिकबाट बुज्ने क्रममा उनको सकरात्मक सोच, काम गर्ने तरिका, राष्ट्रप्रतिको चिन्तन्, देशमै केही गर्नु पर्दछ भन्ने मान्यता, कामप्रतिको लगाव, अनि धैर्यता देख्दा त सबै ब्यवसायीहरु यस्तै हुने हो भने देश बनाउन समय लाग्दैन भन्ने मेरो ठम्याई पनि हो । “ब्यवसायमा बाधा अड्चन आउँछन आत्तिनु हुँदैन, निरन्तर अगाडि बढिनै रहनुपर्छ, गलत गर्न हुँदैन धैर्यताकासाथ अगाडि बढे अवस्य सफल भईन्छ” भनेर उनले भन्ने गरेको वाक्याङसले मलाई पनि प्रेरणा दिएको थियो ।
हरेक भेटमा सकरात्मक उर्जा प्रभाह गराउने, सात्विक र धार्मिक प्रबृतिका उनि, नकरात्कमक भएको कहिल्यई देखिएन । कहिले काही देश काल परिस्थिति बारे चर्चा हुँदै गर्दा अब देशमै केही गरौला भनेकोे पनि नसकिने जस्तो भयो भनेर कुरा गर्दा “निराशावादी हुनु हुँदैन, गलत गर्नुहुन्न तर अरुले के भन्छन भनेर कर्म छोड्नु हुँदैन सत्यलाई समाएर निरन्तर आगाडि बढ्नु पर्दछ, आफ्नो कामलाई माया गर्नू पर्दछ” भनेर उर्जा भर्ने उनी आज आफै कानुनको परिबन्धमा छन ।
आफ्नै देशमा केही गर्नू पर्दछ भन्ने मान्यता राख्ने, कमाएको केही अंश समाजका लागि योगदान गर्नु पर्छ भन्ने सोच बोक्ने, देशैभरी भाटभटेनी बिस्तार गरेर रोजगार सृजनासंगै देशको अर्थतन्त्रमा पनि योगदान गर्न सकिन्छ भन्नेसोच भएका मिनबहादुरलाई ललिता निवास जग्गा काण्डमा सिआईबिले नियन्त्रणमा राखेको छ । जसले उनलाई जग्गा बेचे उनिहरुहरु फरार छन, कहाँछन राज्यलाई पनि थाह छैन । तर राज्यले मागेको तोकेको राजश्व पारदर्शी रुपमा भुक्तान गरी ब्यक्तिबाट नियमानुसार जग्गा खरिद गरेका मिनबहादुर दोसी बनाईएर हिरासतमा छन् । राज्यले एउटा सोझो उद्यमी जसले बिदेश होईन स्वदेश रोज्यो, नेपालीहरुलाई रोजगार प्रदान गर्यो, नेपालका सीमा सहरहरुसम्म भाटभटेनीलाई बिस्तार गरी नेपाली अर्थतन्त्रलाई मजबुद बनाउन सहयोगी भूमिका खेल्यो आज उसैलाई अपमानीत गरेर हिरासतमा राख्दा किन तालुकदार संघ संस्थाहरु बोल्दैनन् आश्चार्यको विषय छ ।
सवाल मिनबहादुर माथि अनुसन्धान हुनै हुँदैन, उनी दोषी हुँनै सक्दैनन् भन्ने होइन, अनुसन्धान गर्दै जाँदा भोली उनी दोषी सावित हुन पनि सक्लान । त्यसको भागिदार उनी हुनै पर्छ तर, अनुसन्धानको क्रममा रहेको विषयलाई उछालेर उनले आजसम्म गरेका व्यवसायीक योगदानमाथि अनावश्यक उछितो काढेर लुछाचुडी गर्दा मुलुकको अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?
ललिता निवास काण्ड के हो ? सुवर्ण शमशेरको जग्गा फिर्ता दिईनु उचित थियो वा थिएन ? यसमा कस कसले के के बदमासी गरे ? तीन वर्षअघि यो मुद्दा किन तामेलीमा गयो ? यहीे जग्गाको सम्वन्धमा सर्वोच्च अदालतले विगतमा के कस्ता निर्णय सुनाएको छ ? एकपल्ट सोही मुद्दामा धरौटी बुझाएका आरोपितलाई फेरि किन हिरासतमा राख्नैपर्ने बाध्यता आयोे ? यी र यस्ता थुप्रै प्रश्नहरुको जबाफ खोजिनु पर्दछ । राज्यका निकायहरुकै मिलेमोतोमा लामो समयसम्म नेपालमा कारोबार गरी देशको अर्बौ राजश्व नतिरी फरार भएकाहरुलाई खोज्न समाउन नसक्ने राज्यले देशमै रहेर देशकै लागि केही गर्छु भन्ने व्यवसायीहरुलाई किन हतोत्सायी बनाउन लागेको छ ?
यस्ता धेरै प्रश्नहरु छन । ती प्रश्नको निरुपण गर्न हाम्रो अदालत छ । तर अदालतले न्याय दिन्छ भन्ने विश्वास भएकाहरुले समेत धमिलो पानीमा माछा मार्न पल्केकाहरुकै पछि लागेर उनीहरुलाई नकार्न नसक्ने अवस्थामा पुगेका छन । यस विषयमा भएका मुद्दा, अनुसन्धान र यसका प्राविधिक पाटाहरु धेरै होलान । किनकी त्यो विषय सम्मानित अदालतको हो, सम्बन्धित अनुसन्धानमा संलग्न निकायको हो ।
तर, गुरुङमाथि जुन ढँगले प्रश्नहरु उठाइएका छन, ती सबै प्रश्न जायज हुन या होइन भन्ने विषयमा निजी क्षेत्रका लगानीकर्ता, तिनका छाता संघ संगठनहरुले समेत आफ्नो धारणा सार्वजनिक गरिसकेका छैनन् । के व्यावसायिक हितको लागि वकालत गर्ने संघ संस्थाले एउटा व्यवसायीका लागि आवाज उठाउनु पर्देन ?
आज एउटा ठूलो व्यवसायीले पटक पटक किनबेच र कारेबार भैसकेकोे जग्गा पारदर्सी रुपमा कर दाखिला गरि लालपुर्जा लिंदा समेत यसरी अपराधी हुनुपर्ने अवस्था आउँदा निजी क्षेत्र किन मौन देखिन्छन ? अन्य व्यवसायी किन मौन छन ? यसरी निजी क्षेत्रका उद्योगी व्यवसायीहरुलाई प्रश्नहरु उठ्दै जाने, मुद्दाको ओइरो लाग्दै जाने भयो भने त्यो अवस्थामा भोली व्यावसायीक वातावरण के होला ? भोलि अर्को कुनै ठूला व्यवसायीलाई यस्तै पर्दा उसको पक्षमा उभिने को रहला ?
सवाल मिनबहादुर माथि अनुसन्धान हुनै हुँदैन, उनी दोषी हुँनै सक्दैनन् भन्ने होइन, अनुसन्धान गर्दै जाँदा भोली उनी दोषी सावित हुन पनि सक्लान । त्यसको भागिदार उनी हुनै पर्छ तर, अनुसन्धानको क्रममा रहेको विषयलाई उछालेर उनले आजसम्म गरेका व्यवसायीक योगदानमाथि अनावश्यक उछितो काढेर लुछाचुडी गर्दा मुलुकको अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ? सहीलाई सही र गलतलाई गलत समेत भन्न छाडेर अनावश्यक स्टन्टबाजी गर्ने स्वघोषित अभियान्ता वा राजनीतिकज्ञहरु मुलुकको आर्थिक अवस्था र सामाजिक आचरणको निर्माण बारे गम्भिर हुन सकेका छन त ? यसरी एउटा व्यावसायीलाई खेदेर कस्तो नेपालको परिकल्पना गर्न खोजिएका हो ? के यसमा राजनितिक गन्ध मिसिएको त छैन ? वर्तमान राजनितिक घटना परिघटनाहरुकै कारण नियोजित रुपमा यो प्रकरण पुनः बाहीर ल्याईएको त होईन ?
प्रतिक्रिया