ताजा अपडेट »

एसइईमा उत्तिर्ण विद्यार्थीलाई दोभान माविले गर्यो सम्मान

शुक्रबार, २२ असार २०८०

तिनाउ । पाल्पाको तिनाउ-२ मा अवस्थित दोभान माविले एसइई परीक्षा २०७९ मा सहभागी भई उत्तिर्ण विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मानसहित बधाई तथा शुभकामना प्रदान गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा पालिका अध्यक्ष प्रेम श्रेष्ठ र उपाध्यक्ष लाल बहादुर थापाकाे विशेष उपस्थितिमा शुभकामना कार्यक्रम भएको थियो ।

गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउका विद्यालयहरु प्राप्त गरेको नतिजाले खुशी बनाएको उल्लेख गरे । तिनाउका विद्यार्थीले एसइई नतिजामा ए प्लस ल्याउन सक्नु ठूलो सफलता भएको उल्लेख गरे । गाउँ पालिका उपाध्यक्ष लाल बहादुर थापाले दोभान माविले प्राप्त गरेको नतिजाप्रति खुशी व्यक्त गरे ।  विद्यालयले साेचेभन्दा राम्रो नतिजा ल्याउन सफल भएकोमा बधाई दिँदै तिनाउ भरि एसइईमा उत्कृष्ट अंक ल्याउन सफल १-१ जना  सफल छात्र र छात्रा विद्यार्थीलाई जनही १५ हजार नगद पुरस्कार दिने घाेषणा समेत गरे । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठले दाेभान मावि तिनाउकै अब्बल विद्यालय बनाउने उद्देश्यसहित काम गरिरहेको दाबी गरे । दोभान माविले तिनाउमा सबैभन्दा राम्रो नतिजा ल्याएकामा सम्पूर्ण विद्यार्थी  र शिक्षकहरुलाई धन्यवाद तथा बधाई दिँदै आगामी दिनमा धेरै उत्कृष्ट नतिजा ल्याउन हर क्षेत्रबाट लागिपर्ने प्रतिवद्धता ब्यक्त गरे ।

विद्यालयका प्रधानाध्याक सुर्य प्रसाद पौडेल, सहायक प्रअहरु भेषराज पोखरेल र श्रीनिवास गौतम तथा शिक्षक गाेपाल केसीले विद्यार्थीलाई उच्च शिक्षाका लागि शुभकामना व्यक्त गरे ।