ताजा अपडेट »

लियो क्लब बुटवल सेन्ट्रलको अध्यक्षमा बिकास टण्डन

शनिबार, २३ असार २०८०

बुटवल । लियो क्लब बुटवल सेन्ट्रलको अध्यक्षमा बिकास टण्डन निर्वाचित भएका छन् । क्लबको आज भएको पदस्थापना कार्यक्रम बाट क्लबका प्रथम उपाध्यक्ष रहेका बिकास टण्डनलाई वर्ष २०२३/२४ को लागि सर्वसम्वत निर्वाचित गरेको क्लबका सचिव युवराज बञ्जाडेले जानकारी गराए ।

नवनिर्वाचित ट्न्डन युवा उद्यमी तथा समाजसेवी हुन् । टण्डन बुटवल ०६ ट्राफिक चोकमा फोर नेसन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । विभिन्न समाजिक संघ संस्थाको प्रतिनिधित्व गरिसकेका टण्डन सामाजिक अभियान्ता समेत हुन् । क्लबले आज आयोजना गरेको पदस्थापना कार्यक्रम बाट २०२३/२४ का लागि अध्यक्षमा बिकास टण्डन , प्रथम उपाध्यक्षमा विशाल पाण्डे, सचिवमा युबराज बञ्जाडे र कोषाध्यक्षमा हरि घिमिरे र्निविरोध निर्वाचित गरेको क्लबका अध्यक्ष माधब अर्यालले जानकारी गराएका छन् ।

कलबका सस्थापक अध्यक्ष लक्षमण पन्थीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम केसब पौडेल र युबराज बञ्जाडेले सन्चालन गरेका थिए । प्रमुख अतिथि लक्षम्ण पन्थिले कार्यक्रममा बोल्दै समाज सेवा संगै सस्थांलाइ थप प्रगती गर्नको निमित्त सबैलाइ आह्वान गरे भने नव निर्वाचित बिकास टण्डनलाई सुभकामना दिए ।क्लबका पुर्ब अध्यक्ष बिजय आचार्य , सौरभ भुसाल , बुद्धि कुवर, हिमाल खनाल लगायतले सुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्षमा निर्वाचित टण्डनले पहिलो बैठकबाट बर्षभरीका कार्ययोजना प्रस्तुत गरी सोहि बमोजिम कार्यक्रमहरु गरीने र क्लबले गरी आएका कार्यक्रमहरुलाई समेत निरन्तरता दिने बताए ।