ताजा अपडेट »

गुल्मीमा पुराना माविलाई  नयाँ मावि जनजागृतिले एसईई नतिजामा टप्यो

शनिबार, २३ असार २०८०

गुल्मी  । गुल्मीको  मुसिकोट  नगरपालिका  बडिगाड वारिको  शैक्षिक  भेगका  धेरै  पुराना  माध्यामिक विद्यार्थीलाई    पछाडी पार्दै  निकै  पछि  स्थापना  भएको  एक  विद्यालयका विद्यार्थीले सबै  भन्दा बढी जिपिए  ल्याएर  यसईई परीक्षामा  उत्तीर्ण भएका  छन  ।

बडिगाड  वारि भनेर  वडा नम्बर  १, २, ३  र  ४  लाई  चिनिन्छ ।  यी  चार वडामा  ८ वटा  मावि छन्   ।  ती  मध्ये  सबै  भन्दा  पछि  स्थापना  भएको  वडा  नम्बर  ३  चौरको  जनजागृती  माबिका  बिध्तार्थीले  सबै  भन्दा बढी  जिपिए  लिएर  उतिर्ण भएका हुन्।  त्यस  विद्यालयका  विपिन  सुनारले ३.३५  जिपिए प्राप्त गरि  वारि  मुसिकोटका अन्य  ७  वटा  माविका  विद्यार्थीहरुलाई  टपेका  हुन  ।  वडा  ३  को  पृथ्वी माबी  २०१४ सालमा  स्थापना  भएको  थियो ।  उसले  २०४५  सालदेखि  तत्कालिन  एसएलसी परिक्षामा  बिध्यार्थी  सहभागी  गराएको  थियो  ।

छिमेकी  खस्थोक  माबी पनि  निकै  पुरानो  हो  ।  तर २०७३ सालमा  स्थापना    भएको र  २०७४ सालमा   एसईइ परिक्षामा  सहभागी  भएको  जनजागृती  माबिले  भने  त्यति  पुराना  विद्यालयलाई  टप्नु  भनेको  यहाँका  शिक्षक / अभिभावकको  देन  हो  भन्छ्न  अभिभावक  सँघका  संस्थापक अध्यक्ष दुर्गाबहादुर  सुर्यबन्शी  र  शिक्षक  अभिभावक  संघका  अध्यक्ष गोकर्णबहादुर  सुर्यबन्शी   झण्डै  २०  वर्ष  पृथ्वी मावि मैदानमा पढाइ  र  प्रअ  समेत  भइ अबकाश  लिएका  जनजागृतिका  संस्थापक  अध्यक्ष सुर्यबन्शी भन्छ्न 'पृथ्वी मावि  जस्तो  त्यति  पुरानो ,  धेरै  विद्यार्थी  रहएको  सरकारी  शिक्षकको  सबै  दरबन्दी  पाएको  विद्यालयको  अबस्था त्यस्तो  छ  तर  जनजागृती  अस्ति  भर्खर  खुलेको ,  पूरा दरबन्दी  नपाएको  तर  शैक्षिक  गुणस्तरमा  उ  जस्ता  थुप्रै  माबिलाइ  ट्प्दै  जानू  भनेको  यहाँका  शिक्षकहरुले  दिएको  सन्देश  हो  यो  ।'

शिक्षक  अभिभावक संघका  अध्यक्ष गोकर्ण बहादुर  सुर्यबन्शीले  प्राध्यापक  रामप्रसाद आचार्य  नेतृत्वको  शिक्षक  स्टाफ  दिनरात  र  बिदाको  दिन  नभनि  खटेको  परिणाम देखिदै  आएको  भन्दै  धन्यवाद दिए ।प्रधानध्यापक  आचार्यले  १२  जना एसईईमा  सहभागी  मध्ये  यस  भेगका  ८  वटा  मावि  मध्ये  आफ्नो  विद्यालयका  बिपिन  सुनारले  उत्कृष्ट नतिजा  प्राप्त  गरेको  बताए  ।

पुराना ,  भौतिक  रुपले  सम्पन्न  र  धेरै  विद्यार्थी  भएर  मात्र  नहुने  उदाहरण जनजागृती  माविका  प्रधानध्यापक   आचार्य  र यहाँका  शिक्षकहरुले  गतिलो  उदाहरण दिएको विद्यालय व्यवस्थापन  समितिका  अध्यक्ष प्रेम  सुनार  र  पुर्ब  अध्यक्ष  प्रेम सुनार र   खुम बहादुर  थापाको  भनाइ  छ।  पुर्व  अध्यक्ष थापाले  भने  'एसईई नतिजाको  सन्देशले  अब  अरु  माविमा  पढ्न  जाने  विद्यार्थी  यस  जनजागृतिमा  आउनेछ्न  ।  अब  बस  हाल्ने  प्रक्रिया सुरु  भएको  छ । ढिलो  चाडो  प्रदेश  सरकारबाट  बस  ल्याएरै  छाड्ने  म  प्रतिबद्धता जनाउछु  । ' उनले  सानातिना  कार्यक्रमहरु  दिए  पनि  भवन  लगायतका  ठुला  बजेट  दिन  मुसिकोट  नगरपालिकाले  सहयोग नगरेको   आरोप  लगाउदै  भने यी  भवन  लगायत जति  पनि  ठुला योजना  परेका  छ्न  ती  सबै  हामीले  संघ र  प्रदेश  सरकारबाट  पारेर  ल्याएका हौ  ।

पत्रकार  प्रेम  सुनार  अध्यक्ष बने  पछि  धमाधम आरसिसि  भवनहरु  र  सुबिधा सम्पन्न  शौचालय  बनेका  छ्न  । बिहिबार  त्यस  विद्यालयको  प्रथम  त्रैमाशिक  परिक्षाको  नतिजा  प्रकाशन  ,  पुरस्कार  बितरण  र  छात्रवृत्ति बितरण  गरिएको  छ  । 

विद्यालयका  सबै  विद्यार्थीहरुले  हरेक  वर्ष  राम्रो  नतिजा  ल्याएर  एसईई उतिर्ण गर्दै  आएको  प्रती  अभिभावक प्रशन्न  देखिन्थे  ।  त्यस  विद्यालयमा  सबै  भन्दा  पहिलो  अक्षयकोष  कोष  स्थापनाकर्ता  हुन  जलजलेका  गणेश  थापा  ।  उनले  स्वर्गीय  बाबू  चिन्ताबहादुर  थापा र  आमा डिलकुमारी  थापाको  स्मृतिमा  ५१  हजार  राशिको  अक्षयकोष  स्थापना  गरि  दिएका  छन् ।

सोही  कोषबाट  उनका  परिवारका  सदस्यहरुले  गरिव  तथा  जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ती वितरण  गरे  ।
मुसिकोट  नगरपालिका  बडिगाड खोला वडाहरुमा  पनि    ८  वटा  मावि छन् । त्यताकाले झन राम्रो  नतिजा  ल्याएर  पास  भएको  शिक्षा  शाखाका  विद्यालय  निरिक्षक  चुरा बहादुर   छ्स्न्त्यालले जानकारी  दिए  ।  उनका  अनुसार  प्राबिधिक  धार  तर्फ  वामीटक्सारमा  रहेको  महेन्द्र  आदर्श नमुना  माबिका  दिपेश  सापकोटा र  भुवाचिदिस्थित  त्रिभुवन माबिका  प्रताव  परियारले  पनि   प्राबिधिक  धार बाटै  बराबरी ३.८८  जिपिए  प्राप्त  गरि  नगरपालिका भरमै  बढी  जिपिए  ल्याउने  विद्यार्थी बनेका  छन्  । मुसिकोट  नगरपालिकाले  शैक्षिक बिकासमा  अलि बढी  जोड  दिदै  आएको  नगर प्रमुख  जिवलाल  खरेल  जिवनले  बताउदै  आएका  छन्  ।