ताजा अपडेट »

राष्ट्रियसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने, प्रतिनिधिसभा बैठक पनि बस्दै

शुक्रबार, २२ असार २०८०

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १२ः३१ बजे बोलाइएको छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार शुक्रवारको बैठकमा बिनियोजन विधेयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ । जसअनुसार आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथी छुटाईएको बजेट माथी छलफल हुनेछ । 

 
सो अघि उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले ‘बिद्युतीय ब्यापार विधेयक २०८० सभा समक्ष पेश गर्नेछन् ।

यसैगरी संघीय संसद भवन, नयाँ वानेश्वरमा दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार शुक्रवारको बैठकमा तीनवटा बिधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभावाट उत्पति भएको नेपाल विश्वविधालय बिधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ । 

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने बिद्येयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन ।

र, आजै सो बिद्येयक माथी संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसुचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सबन्धी बिद्येयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।