ताजा अपडेट »

तिनाउको गौतमबुद्व प्राथमिक विद्यालय परिसरमा वृक्षरोपण

विहीबार, २१ असार २०८०

तिनाउ । पाल्पाको तिनाउ चुरेडाँडामा रहेको गौतमबुद्व प्राथमिक विद्यालयले आफ्नो विद्यालय परिसरमा असारमास लिची, आँप र मेवाका बेर्नाहरु रोपण गरेको छ । विद्यालयका प्रअ शेरबहादुर गाहाका अनुसार सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाको संयोजनमा उक्त बेर्नाहरु तिनाउ गाउँपालिका र बुटवल उपमहानगरपालिका,रुपन्देहीको आर्थिक सहयोग एवम् तिनाउ जलाधार संरक्षण कार्यक्रम अन्तर्गत उपलब्ध गराईएको समितिका उपाध्यक्ष कृष्ण रेग्मीले सुनाए ।

विद्यालयको आर्थिक अवस्थामा टेवा पुराउने हैसियतले उक्त बेर्नाहरु अभिभावकहरुको सहयोगमा खनेर रोपण गरि मलजल समेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकसिंह सर्वुजा मगरले जानकारी गराए । समन्वय समितिले यस वर्ष तिनाउका दुई विद्यालय र दुइवटा सामुदायिक वन उपभोक्ता समूहलाई आम्दानीमुखी बेर्ना बितरण गरेको उपाध्यक्ष रेग्मीले बताए ।