ताजा अपडेट »

एकदिवसिय अभ्यास : कप्तान ज्ञानेन्द्र र रोहितको अर्धशतक

मंगलबार, ०७ माघ २०७६

माघ ७,

काठमाडौँ । एकदिवसिय अभ्यास खेलमा नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष–११ ले मलेसिया छनोट–११ लाई २ सय ९१ रनको विजय लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । नेपालका युवा खेलाडी रोहित कुमार पौडेलले ५४ बलमा ४ चौका र २ छक्का सहित ५७ रनमा आउट भए ।

१२ औं ओभरको पहिलो बलमा सुनिल धमला ३३ बलमा २ चौका र १ छक्का सहित २४ रन जोडे । ओपनर सुवास खकुरेलले ७७ बलमा ४ चौका सहित ४८ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल ४७ बलमा ५ चौका र २ छक्का सहित ५४ रनमा रिटायर्ड आउट भए । लोकेश बम २८ बलमा ४ चौका र २ छक्का सहित ३४ रनमा आउट भए । विनोद भण्डारी २१ , पवन सरार्फले १२ र सुसन भारीले १६ रन जोडे । पहिलो अभ्यास खेलमा क्यान ११ ले मलेसिया ११ लाई १ सय ३५ रनको फराकिलो अन्तरले हराएको थियो ।