ताजा अपडेट »

लागुऔषधसहित पक्राउ

विहीबार, २१ असार २०८०

कैलाली। धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हिरोईन ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने  ३४ वर्षीय राम बिलाश रानालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।