ताजा अपडेट »

प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने अभिव्यक्तिले जनादेशको अपमान : नेता भट्टराई

बुधबार, २० असार २०८०

बुटवल । नेकपा एमालेका पोलिट ब्युरो सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वतन्त्रताको धज्जी उडाएको बताएका छन् । बुधबार नेकपा एमाले रुपन्देही जिल्ला कमिटीद्वारा आयोजित स्ववियु निवार्चनमा अनेरास्ववियुको तर्फबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै भट्टराइले प्रधानमन्त्रीको अभिव्यक्तिले जनादेशको अपमान गरेको बताए ।

साथै उनले नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त नहुने समेत बताए । आफूलाई नेपालको संसदले होइन, दिल्लीले प्रधानमन्त्री बनाएको अर्थ लाग्ने प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य नभएको भन्दै उनले राजनीतिक, नैतिक हिसाबले प्रधानमन्त्री पदमा बसिरहने आधार प्रचण्डले गुमाएको बताए । साथै उनले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन बाट विजयी स्ववियूले क्याम्पसको शैक्षिक र भौतिक सुधारका साथै विद्यार्थीहरुको अधिकारलाई स्थापित गर्न लाग्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली गएको अभिव्यक्ति दिउका थिए । सोही प्रशसङ्गलाई उठाएर एमालेले संसदमा समेत प्रधानमन्त्रीको बिरोध गर्दै आएको छ । बुधबार रुपन्देमिा आयोजित कार्यक्रममा नेकपा एमाले रुपन्देहि जिल्ला अध्यक्ष तेजेन्द्र केसी, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य तथा बिद्यार्थी इन्चार्ज यम पाण्डे, अनेरास्वववियुका स्थायी कमिटि सदस्य लेखनाथ खनाल, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा रुपन्देही जिल्लाबाट स्वतन्त्र विद्यार्थी युनियन स्ववियुमा निर्वाचित १०० जना सभापति तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।