परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ मा आगलागी हुँदा ४ वटा पसलमा क्षति र एक जना व्यक्ति घाइते भएका छन। स्थानीय बम बहादुर थापाको घरमा पसल गर्ने आशिष फोटो स्टुडियोमा आगलागी हुदा पसल पुर्ण रूपमा जलेको छ।
दिउँसो खाजा पकाउने समयमा ग्यास लिग हुँदा आगलागी भएको थियो। आगलागीबाट आशिस फोटो स्टुडियोका संचालक ३१ वर्षीय सुरज चौधरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले बताए। आगलागीबाट पर्वत युनिक फेन्सी, रविन फार्मेसी र जेके सैलुनमा क्षती भएको छ। आगलागीबाट ३७ लाख ५ हजार रुपैयाँ बराबरको क्षतिको भएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। आगलागी बर्दघाट नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा करिब १ घन्टापछि नियन्त्रणमा आएको थियो।
प्रतिक्रिया