ताजा अपडेट »

सिद्धार्थनगरमा भित्रियो एडिबी : साढे २६ किलोमिटर सडक बन्ने

मंगलबार, १९ असार २०८०

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ९भैरहवा० मा साढे २६ किलोमिटर सडक निर्माण ९कालोपत्रे० हुने भएको छ । शहरी विकास मन्त्रालय मार्फत एशियाली विकास बैंकको लगानीमा नेपाल सरकारको ७५ प्रतिशत अनुदान र नगरपालिकाको २५ प्रतिशत लगानीमा नगरमा साढे २६ किलोमिटर सडक निर्माण हुने भएको हो ।

सिद्धार्थनगर नगरपालिकाको कार्यालयको पहलमा नगरमा एशियाली विकास बैंक ९एडिबी० को अर्बन रेजिलेन्स लिभ्लिीहुड इम्प्रुभमेन्ट ९यु।आर।एल।आई० आयोजना अन्तरगत सडक निर्माण ९कालोपत्रे० हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । उनका अनुसार एक अर्ब ३५ करोड रुपैयाँ बढी लागत अनुमानमा भीमकाली पथ, गल्लामण्डीको सुगरमिल सडक, मायादेवी कोलोनी, अभयदुर्गा पथ, दुर्गा कोलोनी लगायत २८ वटा बढी सडकखण्डमा निर्माण हुनेछ ।

यस अघि पनि सिद्धार्थनगरमा एडिबीको ‘आरयूडिपी’ र ‘आईयूडिपी’ आयोजना संचालन भइ सम्पन्न भएको थियो । आरयूडिपी आयोजना संचालनको क्रममा देशमै पूजिँगत खर्चको अवस्था निराशजनक भएको बेला समयमै काम सम्पन्न गरेकोले एडिबीले सिद्धार्थनगरलाई उत्कृष्ट परियोजना व्यवस्थापन पुरस्कार समेत प्रदान गरेको थियो । आयोजना संचालनका लागि दशै अघि नै बोलपत्र आह्वान हुने प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए । उनले यस पटक पनि सहज र समय अघि नै आयोजना सम्पन्न गर्ने गरी तयारीहरु भइरहेको बताए ।

एडिबीले रुपन्देहीको पाँच वटा सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकामा आयोजना संचालन गर्न लागेको छ । पाँच वटै पालिका प्रमुख, आयोजना व्यवस्थापक, सहरी विकास मन्त्रालय अन्तरगत आयोजना समन्वय कार्यालय र एडिबी बीच भएको अनलाइन छलफलमा एडिबीका वरिष्ठ आयोजना अधिकृत नरेश गिरी र आयोजना समन्वय कार्यालयको आयोजना निर्देशक रोशन श्रेष्ठले सिद्धार्थनगर नगरपालिकामा एडिबीको आयोजना प्रभावकारी, सहजै र समयमै सम्पन्न हुने भएकोले अन्य पालिका भन्दा सबैभन्दा अघि सिद्धार्थनगर नगरपालिकामा आयोजना संचालन हुने बताए ।

छलफलमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले अन्य पालिका भन्दा सिद्धार्थनगरमा सबैभन्दा अघि आयोजना संचालन गर्न लागिएकोमा खुशी व्यक्त गर्दै आयोजना सम्पन्नका लागि पालिकाबाट पूर्ण साथ र सहयोग हुने प्रतिवद्धता जनाए । उनले नगरपालिकामा क्रमशः विकास भइरहेकोले केही समयमा कामको परिणाम देखिने बताए । निर्माण हुने सडकखण्ड दुवै तर्फ नाला, फुटपाथ, आवश्यकता अनुसार स्ट्रिट लाइट हुनेछ भने निर्माण हुने संरचना बालबालिका, अपाङ्गमैत्री हुने सिद्धार्थनगर नगरपालिकाका आयोजना व्यवस्थापक साकार श्रेष्ठले बताए ।

नगरमा सडक संरचना सहितको निर्माणले नगरका हजारौँ नगरवासी लाभन्वित विश्वास लिइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् । सडकका साथै नगरपालिकाको कार्यालयले नगरवासी र पर्यटकलाई लक्षित गरी डण्डा नदीलाई पनि करिडोरको रुपमा विकास गर्नका लागि प्रक्रिया अघि बढाएको छ । जसका लागि विस्तृत गुरुयोजना तयार हुने क्रममा रहेको आयोजना व्यवस्थापक साकार श्रेष्ठले बताए ।डण्डा नदीलाई करिडोरको रुपमा विकास गर्नका लागि एडिबी पनि सकारात्मक रहेको छ । डण्ड नदीको कार्य विभिन्न चरणमा सम्पन्न हुने बताइएको छ । प्रथम चरणका लागि ७० करोड रुपैया अनुमान गरी विनियोजन गरिएको छ ।

डण्डा नदी र जग्गाको संरक्षणका लागि तटबन्ध निर्माण गरिने, साइकल मार्ग, पैदल यात्रु हिड्डुल मार्ग, नदीमा बोटिंग, रेष्टुरेण्ट, ध्यान केन्द्र, बालबालिकाका लागि फनपार्क लगायत संरचना निर्माण हुने उनले बताए ।