गुल्मी । गुल्मीमा मंगलबार दुई बेग्ला बेग्लै रोचक दृश्य देखियो । नेपाल पत्रकार महासंघको सदस्यता सुदृढीकरण अभियानका क्रममा बिहान गैर पत्रकारहरुको टोलीले आफूहरुको सदस्यता नविकरण नभएको बिरोधमा पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरे ।
केही बेर पछि उनीहरु भन्दा बढी संख्याका क्रियाशिल पत्रकारहरुले गएर ताला खोलेर प्रबेश गरे । खास रोचक दृश्य त यो थियो कि प्रेस युनियनका जिल्ला अध्यक्ष रेशम कुवर र प्रेस चौतारिका पुर्व अध्यक्ष ज्ञान बहादुर महतराको नेतृत्वमा गरिएको तालाबन्दी प्रेस युनियन कै सदस्य सन्तोष महतरा, प्रेस चौतारीका सचिव अजय खड्का, प्रेस सेन्टरका सचिव तथा कार्य समिती सदस्यद्वय हुमाकान्त पोख्रेल, महेश बोहरासहित ५ जनाने बन्द गरेको विरुद्ध एक गोल थपे झै ६ जनाले ताला खोले । उनीहरुले नयाँ ताला किनेर लगाउदै महासंघ अध्यक्ष टोपलाल अर्याल र सचिव प्रेम सुनारलाइ चावी बुझाए ।
उनीहरुले भने पत्रकार सुदृढीकरण अभियानका क्रममा गुल्मी शाखाबाट पठाइएको सिफारिस जायज छ, एक इन्च पछाडी नहट्नुहोस । उनिहरुले थपे उहाँहरु पुराना पत्रकार हो सम्मान छ र मानर्थ सदस्य कायमै रहन्छ तर पत्रकारिता नै नगरी चुनाव लड्ने पदलोलुपता नदेखाउन सुझाव दिन्छौ । जिल्लामा कुल ८५ जना सदस्य मध्ये ५९ जनाको नविकरण नहुने सिफारिस गएको छ । जम्मा २६ जनाको नविकरण हुने सिफारिस गए पछि ठूलो समूह बिरोधमा उत्रिएको छ । केही दिन अघि महासंघको साधारण सभाले पुर्व अध्यक्षद्वय जनार्दन घिमिरे , नवराज भुसाल र कार्य समिती सहसचिव तिलाचन पाण्डेलाइ सिफारिस समितिमा चयन गरेको थियो ।
नविकरणमा नपरेका साथिहरुको थुप्रै गुनासाहरु छन नि ? भन्ने प्रश्नमा समितिका अगुवा जनार्दन घिमिरे भन्छ्न हामीले सुदृढीकरणका केन्द्रिय मापदण्डमा टेकेर सिफारिस गरेका हौ, न कि कसै सँग आग्रह पुर्वाग्रह पुर्वक गरेका हौ ।
प्रेस युनियन कै एकथरी नलेख्नेहरुले सदस्यताको दावी गरिरहदा सोही संघठनका केन्द्रिय तहका नेता घिमिरे भने जे गरिएको छ ठिक गरिएको छ भन्ने जबाफ दिँदै हिडेका छ्न । उता प्रेस चौतारिका अध्यक्ष अनिल खत्री पनि सोही कुराको समर्थन जनाएका छ्न ।
केन्द्रिय सदस्य नहुँदा नहुँदै पनि केन्द्रिय सदस्यको हबला दिँदै बिरोध पत्रमा हस्ताक्षर गरेका गणेश सारुलाई कुनै जिम्मेवारीमा नरहेको भन्दै प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव प्रेम सुनारले विज्ञप्ति निकालेका छ्न । यसबाट जिल्लाका तीन वटै संघठनको नेतृत्व गरिएको सिफारिस प्रति एक ढिक्का भएर समर्थन गरेको स्पष्ट भएको छ । महासंघका अध्यक्ष टोपलाल अर्यालले पनि घिमिरेकै कुरा दोहोराउदै भने प्रदेश र केन्द्रको नीति निर्देशन शाखाले मान्नै पर्छ, मापदण्ड अनुसार काम गर्न साधारण सभामा जिम्मा दिएको समितिले सिफारिस गरेको हामीले प्रदेशमा पठाएका हौ ।
तालाबन्दीको अगुवाइ गर्ने रेशम कुँवर पत्रकार महासंघका उपाध्यक्ष हुन् । नामावली पठाउँदा उक्त सिफारिस मान्य नहुने भन्दै आफू सहित प्रेस युनियनबाट महासंघमा प्रतिनिधित्व गर्ने साथिहरुलाइ नोटाअफ डिसेन्टमा हस्ताक्षर गर्न लगाएका कुवरलाइ तालाबन्दीका क्रममा भने आफू नेतृत्वले गरेको तालाबन्दी प्रेस युनियन सहितका कृयाशिल पत्रकारहरुले खोल्दा उनीलाइ झड्का लागेको कतिपयको भनाइ छ । कुवर धेरै पुराना पत्रकार हुन । तर पछिल्लो चार वर्षयता कुनै पनि मिडियामा समाचारदाता नरहेको, समाचार नलेखेको र कांग्रेस राजनितीमा सक्रिय भएको भन्दै सदस्यता नविकरणको सिफारिस नगरिएको समितिको भनाइ छ ।
उता प्रेस चौतारिका पुर्व अध्यक्ष ज्ञानबहादुर महतरा आफैले खोलेको अनलाइनमा आफू सम्पादक रहे पनि समाचार लेखन र सम्पादन नगर्ने गरेको , त्यस्तै प्रेस सेन्टरका उपाध्यक्ष प्रकाश चालिसे पनि अनलाइनको सम्पादक भए पनि अन्यत्र जागिर खाएर पत्रकारिताबाट निश्कृय भएको समितिको भनाइ छ । सदस्यता नविकरण नभए पनि पत्रकारिता गर्ने बाटो खुल्ला छ ।
पुरानाहरुले अरु पेशा छाडेर पुनः पत्रकारितामा कृयाशिल भए सदस्यता पुन दिन सकिने र नचाहे मानर्थ सदस्यता दिइने महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले गुल्मीको साधरण सभामा भन्दा यति बेला बिरोध गर्ने कसैले भने सशक्त रुपमा आफ्नो अडान लिएका थिएन्न । अब पुनर बिचार गर्ने नगर्ने प्रदेश र केन्द्रकै निर्णयमा भर पर्ने अध्यक्ष अर्यालको भनाइ छ ।
प्रतिक्रिया