गुल्मी । कुनै समय गर्भवती महिलालाई सुत्केरी गराउन जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको दुःखत स्मृती ताजै राखेको गुल्मीको धुर्कोट गाउँपालिका ‘नो होम डेलिभरो’ अर्थात पूर्ण संस्थागत सुत्केरी तथा पोषण मत्री गाउँपालिका घोषणा हुन सफल भएको छ । सोमबार जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले एक समारोका बीच धुर्कोटलाइ पूर्ण संस्थागत सुत्केरी तथा पोषण मैत्रीपूर्ण गाउँपालिका घोषणा गर्दै सम्पूर्ण सुचक प्रराप्त गरेको प्रमाणपत्र गाउँपालिका अध्यक्ष भुपाल पोख्रेललाई हस्ताक्षर गरे ।
प्रमाणपत्र प्राप्त गरेसङ्गै पालिका प्रमुख पोखरेलले पालिका परिवारलाई प्रतिबद्धता गराएका थिए । कार्यक्रममा जैसिथोक स्वास्थ्य चौकी प्रमुख चुरामणी पोख्रेलले २०७६ देखि तीन वर्षसम्मको प्रयासबाट पूर्ण संस्थागत सुत्केरी र पोषणमैत्री गाउँपालिका घोषणा गर्न सफल भएको प्रतिवेदन पेश गरेका थिए ।
यहाँसम्म निकै प्रयास गरेर आइएको तर अबका दिनमा जिम्मेवारी थपिएको महिला स्वास्थ्य स्यमसेविका गिता पोख्रेल र वस्तु स्वास्थ्य चौकी प्रमुख भुमा थापाको भनाइ थियो । जिल्लाका १२ स्थानीय तह मध्ये पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्न गुल्मी दरबार गाउँपालिका नेपालमै पहिलो भएको दाबी छ । मालिका दोश्रो र धुर्कोट तेस्रो पालिका भएको जिल्ला स्वास्थ्य प्रमुख पशुपति आचार्यले जानकारी दिए ।
गत वर्षदेखि डाक्टरी सेवामा लागेका धुर्कोट प्राथामिक उपचार केन्द्रका प्रमुख डाक्टर प्रशान्त खत्रीले स्वास्थ्य क्षेत्रमा स्वयम् सेविका र नर्सिङ्ग स्टाफहरुको खटन पटन आफ्ना लागि दोश्रो सेशनको पढाइ भएको अनुभव सुनाए । ‘मैले त पढ्ने, एक्जाम दिने मात्रै गरेको थिए तर समाजमा स्वास्थ सेवा कसरी दिने ? थाह थिएन ।’–उनले भने ‘नर्सिङ्ग र महिला स्वयम् सेविको खटन देखेर मैले थाह पाए, उहाँहरुको खटन मेरो लागि दोश्रो शेसनको पढाई बनेको छ ।’
वडाध्यक्षहरुको तर्फबाट वडा नम्बर ५ वडाध्यक्ष केशव भन्डारीले भने -अहिले हामी नो होम डेलिभरी गाउँपालिका घोषणा हुँदाको खुशी भनेको भर्खर मोटरबाटो खनेर पहिलो पटक आउने गाडी र डाइभरलाई फूलमालाले स्वागत गर्नु र नाचगान गरेर खुशीयाली मनाउनु जस्तै हो । त्यसपछि थाहैछ । वर्षेनी पहिरो जान्छ, अबरुद्ध हुन्छ । हैरानीको हैरानी भैरहन्छ । त्यसैले हामी त्यही हैरानी मोल्न तम्तयार भैरहनु पर्ने छ ।
घोषणा सभामा गाउँपालिका प्रमुख पोख्रेल र उपप्रमुख सीता गिरिले घोषणा सभाको खुशीसँगै निरन्तरताका लागि जिम्मेवारी थपिएको बताए। पालिका प्रमुख पोख्रेल भन्छ्न ‘मेरो पहिलो कार्यकालमा जम्मा तीन वटा बर्थिङ्ग सेन्टर थिए । तिनमा पनि आवश्यक उपकरण थिएन। क्रमश हामिले सात वटै वडामा उपकरण र आवश्यक जनशक्तीसहित बर्थिङ्ग सेन्टर खडा गर्यो । हामीले सुचकाङ्क पूरा गर्न कुनै कमि हुन दिएनौ ।’ उक्त अभियानमा महिला स्वस्यम सेवि र स्वास्थ्यकर्मीहरुको अथक प्रयास रहेको बताए ।
त्यस्तै प्रमुख अतिथी द्रोणबहादुर खत्रीले देश सङ्गियतामा गएपछिको बिकासले जनता अहिलेको यो र यस्ता खाले सुबिधा उपभोगको अवस्थामा आइ पुगेको बताउँदै धुर्कोटमा सुन्तला, दूध, खसी बोका, कुखुरा उत्पादनले आत्मानिर्भर भएकोप्रति पालिका परिवारलाई धन्यवाद दिए । घोषणा कार्यक्रमको संयोजन धुर्कोट स्वास्थ्य शाखा प्रेम खनालले गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थी, जिल्ला समन्वय अधिकारी सिर्जना मिश्र लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया