ताजा अपडेट »

शिकार गर्ने क्रममा एकजनाको मृत्यु

सोमबार, १८ असार २०८०

भोजपुर। भोजपुरमा शिकार गर्ने क्रममा एकजना मृत्यु भएको छ । मृत्यु हुनेमा साल्पासिलिछो गाउँपालिका–३ का १९ वर्षीय सुसन राईको मृत्यु भएको छ । 

शिकार गर्ने क्रममा घर नजिकै रहेको मकैबारीमा उनी मृत फेला परेका हुन् । घटनास्थलमा मृत दुम्सी पनि फेला परेको छ । सोमबार भएको सो घटनामा राईको तिघ्रामा छर्राले लागेको छ ।