ताजा अपडेट »

सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा

सोमबार, १८ असार २०८०

काठमाडौँ । नेपालले एसिसी यू१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अल आउट भयो ।

त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । नेपालको जितमा ओपनर निरजकुमार यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रनको योगदान दिए ।