बुटवल । राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा तिलोत्तमा ७ हरैया पार्कमा वृक्षरोपण गरेको छ । मदन जयन्तीको अवसरमा युवा सघं नेपालले साप्ताहिक रुपमा बिभिन्न खालका रचनात्मक कार्यक्रम गर्दै आएको छ । पार्कलाई हरियाली बनाउने उद्देश्यले बिभिन्न प्रजातिका करिव २ सय ५० वटा फलफूलका बिरुवा रोपिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल रुपन्देही अध्यक्ष विकास वस्नेतले मदन जयन्तीको अवसर पारेर धान रोपाई, प्रदेश पार्टी कार्यालयमा रङ्गरोगन, सरसफाई र वृक्षरोपण गरिएको बताए । मुस्लिम समूदायका विद्यार्थीले पढ्ने विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने र तिलोत्तमाको टिकुलीगढमा रहेको सुधार गृहमा खेलकुदंका सामग्री वितरण गर्ने कार्यक्रम रहेको बताए । उक्त कार्यक्रममा बोल्दै नेकपा एमाले रुपन्देही सचिव यज्ञ गैरेले मदन जयन्तीको अवसरमा वृक्षरोपण गरेर पार्कलाई हरियाली बनाउने काम महत्वपूर्ण रहेको बताए । विरुवा रोपेर मात्रै नहुने बताउंदै उनले विरुवाको रेखदेख र संरक्षण गर्न आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य मनोज गौचन, बुद्धि राज थापा, श्रद्धा कुवर, नेकपा एमाले जिल्ला सदस्य तथा युवा ईन्चार्ज नकुल शाही, एमाले रुपन्देही क्षेत्र न १ अध्यक्ष बेद गिरी, जिल्ला, सदस्य सागर माली, तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, सचिब मिनप्रसाद पोखरेल, राष्ट्रिय युवा संघ नेपाल रुपन्देही उपाध्यक्ष दिपक खड्गी, जिल्ला सदस्य संजय माली लगायतले बोलेका थिए । कार्यक्रम राट्रिय युवा सघ नेपाल रुपन्देही क्षेत्र न १ का सयोजक विपिन विकको अध्यक्षता, सचिव गणेश न्यौपानेको सन्चालन र सह संयोजक मिन गाहाको स्वागत भएको थियो ।
प्रतिक्रिया