ताजा अपडेट »

वैदेशिक रोजगारपछि नेपालमै मृत्यु भए पनि ७ लाख सहयोग

मंगलबार, ०७ माघ २०७६

माघ ७,

काठमाडौं । सरकारले वैदेशिक रोजगारपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भएपनि मृतकका नजिकका नातेदारलाई सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख पाउने छन् ।

वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर मृत्यु भएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको छ । –कारोबार दैनिक