बुटवल । रुपन्देही तिलोत्तमामा सम्पन्न पाँचौ मेयर कप मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी लुम्बिनी स्पोर्ट्सका सुमित पुन र नरसिह बुढाको समुहले हात पारेको छ । उपाधिका लागि आइतबार भएको फाइनल प्रतिस्पर्धामा साविक विजेता तिलोत्तमा ब्याडमिन्टन क्बलका पदम थापा र थमन सारुको टिमलाई पराजित गरेको हो ।
उपाधीसँगै लुम्बिनी स्पोर्ट्सले नगद ५० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता बनेको तिलोत्तमा ब्याडमिन्टनले ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी सेमिफाइनल प्रवेश गरेका लुम्बिीनी स्पोर्टसको तर्फबाट अनीस थापा र एन्ड्रोनीक्स थापा तथा सोही क्लबका जिबन थापा र सुन्दर गुरुङ्गको जोडीले १०/१० हजार नगद राशी पुरस्कार प्राप्त गरेका छन् । विधागततफ अनुशासित खेलाडीमा सुरज गुरुङ्ग र बसन्त चर्ती मगर तथा उदयीमानखे लाडीमा १४ वर्षका लेनीन रानाले पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगीतामा २६ टिमको सहभागीता रहेको खेल संयोजक पदम थापाले जानकारी दिए।
तिलोत्तमा नगरपालीकाका मेयर रामकृष्ण खाँणले बिजेता खेलाडीलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्दे तिलोत्तमालाई खेल पर्यटनका रुपमा बिकाश गर्ने हेतुले बिगत ५ वर्षदेखि तिलोत्तमा मेयर कप सञ्चालन गर्दे आएको बताए । तिलोत्तमा नगरले खेलकुदलाई प्राथमिकता दिँदै सोही अनुसारको संरचना निर्माण र खेलाडी उत्पादनमा प्रोत्साहन गरेको उल्लेख गरे । खेलकुदबाट नै राष्ट्रलाई चिनाउने माध्यम भएकाले बिकास अनुशासन र गतीशिलतालाई आत्मसात गर्दै खेलका माध्यमबाट शारीरिक मात्र नभएर बौद्धीक बिकासमा टेवा पुग्ने बताए । कार्यक्रममा प्रदेश खेलकुद बिकाश समितीका सदस्य सचीब जयप्रकाश भट्राई, जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष महेन्द्र श्रेष्ठले खेलको बिकासले राष्ट्र चिनाउने काम गरेका बताए ।
तिलोत्तमा ब्याडमीन्टन क्लबका अध्यक्ष गोबीन्द भुसालले तिलोत्तमालाई खेलकुदको हबका रुपमा बिकास गर्न अझ यथेष्ट बजेट नभएकाले गुनासो गरे । उनले बजेट व्यबस्थापनमा ध्यान दिन सरकारसँग आग्रह गरे । प्रतीयोगीताको सञ्चालन रेफ्री प्रमोद सिह पहराईले गरेका थिए ।
प्रतिक्रिया