ताजा अपडेट »

टाइगर प्यालेसमा मचान रेष्टूरेण्ट सञ्चालनमा

मंगलबार, ०७ माघ २०७६

माघ ७,

ग्लोबल आवाज

तिलोत्तमा। प्रदेश ५ कै पहिलो पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टमा थप नयाँ रेष्टूरेण्ट सञ्चालनमा आएको छ । टाइगर वान प्रा.लि.द्वारा सञ्चालित रुपन्देहीको तिलोत्तमा स्थित मचान रेष्टूरेण्टको शुभारम्भ एक कार्यक्रमका बीच प्रदेश ५का मुख्य मन्त्री शंकर पोखरेल तथा प्रदेश ५का पर्यटन मन्त्री लिला गिरीले संयूक्त रुपमा गरेका हुन् । नेपाल भ्रमण वर्ष -२०२० लाई लक्षित गरि आन्तरिक तथा बाह्य पर्यटकका साथै उद्योगी व्यवसायीहरु समेतलाई लक्षित गरी “बिजनेश मिटिङ प्वाइन्ट” को सोँचमा रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको रिसोर्टका निमित्त महाप्रबन्धक लक्ष्मण थापाले बताए । उनले भने ‘उद्योगी व्यवसायीहरुको व्यस्त जीवनशैली र आवश्यकतालाई लक्षित गरी आराम संगसगै व्यवसायीक छलफल समेतका लागि उपयूक्त होस भनेरनै यो रेष्टूरेण्टको सुरुवात गरिएको हो ।’

रेष्ट एण्ड रिल्याक्सको थेम अनुसार सञ्चालित यस रेष्टुरेण्टमा बिजनेश मिटिङका लागि बिजनेस लाउञ्ज, मदिरा पारखीहरुका लागि बार, खाना परिखीहरुका लगि स्न्याक्स तथा फाइन फूड सहितका विशेष्ताहरु रहेको बार इन्चार्ज चिरञ्जिवी पाण्डेले बताए । रेष्टूरेण्ट मा स्थानीय खानादेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय परिकारहरु उपलब्ध हुनुका साथै विभिन्न अन्तराष्ट्रिय स्वादलाई लोकलाइजेशन गरी उपलब्ध गराइने रेष्टूरेण्ट का फूड एण्ड वेभरेज म्यानेजर सुरज पाण्डेले बताए । उनले भने “हामीले मध्यम वर्गियदेखि उच्च तहका ग्राहक लक्षित परिकार तथा स्वाद पस्किने व्यवस्था गरेका छौं” । स्थानिय बजार भन्दा केही बढी मूल्यमा विभिन्न अन्तराष्ट्रिय परिकारहरुलाई पनि स्थानीय स्वादमा पस्किनेछौं ।’ यस रेष्टूरेण्टको संचालनपछि स्थानीयसँगैआन्तरीक तथा वाह्य पर्यटकहरुको रोजाईमा पर्ने रिसोर्टका सैल्स एण्ड मार्केटिङ डाइरेक्टर रनधिर यादवले बताए ।

सरकार र स्थानीयबाट पूर्ण सहयोगको अपेक्षा राख्नुका साथै आगामी दिनमा यस रिसोर्टमा थप सेवा सुबिधाहरु बिस्तारगर्दै जाने लक्ष्य रहेको रिसोर्टका सि.ई.ओ. माईक बोल्सोवरले बताएका छन। मचान रेष्टूरेण्टमा करिब ६ करोड लगानी रहेको छ भने रेष्टूरेण्टमा एकैपटकमा १०० जनाले सेवा लिन सक्ने रिसोर्टले जनाएको छ । मचान अर्थात् जंगलमा सिकारका लागि प्रयोग गरिने रुख बाट नाम राखीएको यस रेष्टूरेण्टले यस क्षेत्रमै स्तरीय र फरक सेवा प्रदान गर्ने रिसोर्ट को दावी छ ।