ताजा अपडेट »

सुद्धोधनको ज्ञानपुञ्ज विद्यामन्दिर माविमा स्कूल क्लिनिकको सुरुवात

शनिबार, १६ असार २०८०

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ अवस्थित ज्ञानपुञ्ज विद्यामन्दिर माध्यमिक विद्यालयले यस क्षेत्रमै पहिलोपटक स्कुल क्लिनिकको सुभारम्भ गरेको छ। क्लिनिकको शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले शुभारम्भ गरे । शुभारम्भ गर्दै बस्यालले यस क्षेत्रमै पहिलोपटक विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै क्लिनिक सञ्चालन गरेकोमा विद्यालयलाई बधाइ तथा शुभकामना व्यक्त गरे ।

उनले क्लिनिकका लागि आवश्यक स्वास्थ्य सामग्री गाउँपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बस्यालले गाउँपालिका भित्र निजी र सरकारी विद्यालयमा गाउँपालिका सेनेटरी प्याड जस्ता अत्यावश्यक सामग्रीहरुमा पालिकाले ब्यस्थापन गर्ने समेत बताए । ज्ञानपुञ्जमा अब क्लिनिक सञ्चालन आएसङ्गै दैनिक विद्यार्थीहरुको चेकजाँच प्रश्चात कक्षाहरु सञ्चालन गरिने विद्यालयका प्रबन्ध निर्देशक केशबराज कंडेलले बताए । सामान्य रुघाखोकी, ज्वोरो, सामान्य चोटपटक तथा घाइतेहरुको टाका समेत गरि विभिन्न उपचारहरु विद्यालयमा हुने उनले बताए । निर्देशक कंडेलले विद्यार्थीहरु शैक्षिक रुपमा अब्बल भएपनि स्वास्थ्य सम्बन्धि सामान्य जानकारी समेत नभएको विद्यालयले सुरु गरेको क्लिनिकले विद्यार्थीहरुको शैक्षिक क्षेत्रसँगै स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

शुद्धोधन–६ का वडा अध्यक्ष उपेन्द्र साहनी, स्वास्थ्य शाखा शुद्धोधन गाउँपालिका प्रमुख समीर भण्डारी, रेप्सा रुपन्देही अध्यक्ष लोक शर्मा बस्याल, विद्यालय अध्यक्ष शिवराम न्यौपाने लगायतले बोल्दै विद्यालयले सुरु गरेको क्लिनिकले अन्य विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुले पनि अनुसरण गर्नुपर्ने जिकिर गरे । कार्यक्रम विद्यालयका प्रिन्सिपल भुमिराज जिसिको सञ्चालन तथा शिक्षक चिन्तामणी खरेलको संयोजनमा सम्पन्न भएको थियो।