भैरहवा । लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपको वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भैरहवामा सम्पन्न अधिवेशनले टुलिपको अध्यक्षमा उद्योगी यमकला न्यौपानेलाई निर्विरोध निर्वार्चित गरेको हो ।
जसको निर्वतमान अध्यक्षमा निर्मला श्रेष्ठ, नोमिनेशन चेयर पर्शन माया सारुमगर, प्रर्थम उपाध्यक्ष मिनिता थापा, द्धितीय उपाध्यक्ष पवित्रा पछाई, तृतीय उपाध्यक्ष प्रेमा थापा चयन भएका छन् । यस्तै क्लबको वर्ष २०२३। २४ को सचिवमा उषा क्षेत्री, कोषाध्यक्षमा करुणा थापा, सहसचिवमा शारदा देवी रेग्मी, सहकोषाध्यक्षमा नुमा ज्ञवाली, एलसि आईफ कोअर्डिनेटर सरस्वती केसी, सर्भिस कोअडिनेटर शारदा भुषाल, मोर्केटिङ्ग कम्युनिकेशन चेयरपर्शन पार्वती थापा, क्लब एडमिनिस्ट्रेटर सिता सिंह खड्का, मेम्बरसिप चेयरपर्शन दुर्गा भुषाल चयन भएका छन् ।
यस्तै क्लबका डाईरेक्टरमा गिता गेलाल, हिरा खत्री, मन्दागिनी विष्ट, पुतला कुंवर, टेलट्वेष्टर गोमा उप्रेती,टेमर शुशुला पौडेल, सल्लाहकारमा रुक्मा हिराचन,सिता श्रेष्ठ, नम्रता हटुवाल, सिमा कौशल, सदस्यमा धनकुमारी केशी, कमला चाई, मिठु रायमाझी, पम्फा सेन निर्वार्चित भएका छन् । कार्यक्रममा क्लबका निर्वतमान अध्यक्ष श्रेष्ठले नव निर्वार्चित अध्यक्ष यमकला न्यौपानेलाई माला लगाएर पद हस्तान्तरण गरिन् ।
सो अवसरमा वर्ष २०२२ । २३ मा भएका कार्यक्रमहरुबारे जानकारी गराईएको थियो । आफ्नो कार्यकालभरी सहयोग गर्ने सबैफ्रति धन्यावाद व्यत गर्दै निवर्तमान अध्यक्ष निर्मला श्रेष्ठले राम्रा कामलाई निरन्तरता दिन नव निर्वार्चित अध्यक्ष न्यौपानेलाई आग्रह गरिन् । नव निर्वार्चित अध्यक्ष यमकला न्यौपानेले सबैलाई साथमा लिएर क्लबको उद्देश्य अनुरुप सामाजिक कामका साथै क्लबलाई जिवन्त राख्न प्रयासरत गहने प्रतिवद्धता जनाईन् ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ ३२५ पि टु नेपालका डिष्ट्रिक गभरर्नर नवराज न्यौपाने, लायन्स अगुवाहरु ऋर्जुमान शैजु, पुरुषेत्तम भट्ट, वालाराम भट्टराई,सन्दिप कशौधन, संगम न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, क्लबका संस्थापक स्व।शान्ता जिसीका प्रथम पुरुष वलराम जिसी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, दुर्गा आचार्य, नेत्र प्रसाद आचार्य लगायतले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुझकामना व्यत गरे ।
प्रतिक्रिया