गुल्मि । गुल्मीको सदरमुकाम तम्घासबाट बसको यात्रा हुँदै अगाडी बड्दा यात्रीहरु नाचेर मनोरञ्जन दिइरहेका थिए । गुल्मिदरबार गाउँपालिकाले वडा नम्बर ५ को पच्चिसमुरे फाटमा आयोजना गरेको रोपाइँ महोत्सव स्थलमा पुग्दा बाजमय थियो । रोपारेहरुले रोपाइमा भन्दा बाजातालमा झुम्नमा मस्त थिए । साच्चिनै नौमती बाजा आम नेपालिको ढड्कन नै हो भन्ने महसुश हुन्थ्यो ।
त्यस पालिकाले रोपार्इ महोत्सवलाई बाजा महोत्सवका रुपमा मनाएको छ । असारे गित लोप हुँदै गैरहेको अवस्थामा रोपाइैलाई मनोरञ्जनमय बनाउने उद्देश्य अनुरुप उसले स्थानिय बाजालाइ प्रोत्साहित गरेको हो । रोपाइँ महोत्सवमा त्यसपालोका उपप्रमुख तारा ढेगा सहित केही महिलाहरुले जीवन मै पहिलो पटक धान रोपाइको मजा लिएको बताउदै थिए ।
गाउँपालिका प्रमुख सरोज थापाले आफ्ना प्रशिद्ध फाटहरु बताउदै कृषीमा क्रान्ती ल्याउने उद्देश्य रहेको धारणा राखे । बाजा तालमा पुरुष भन्दा बढी उत्साह पुर्वक नाचिरहेका थिए । साझसम्म खेतबाट निस्केर पनि नाचिरहेका थिए । जिल्लाका १२ वटा स्थानीय तह मध्ये जिल्लाको तालुकदार निकायलार्इ समेत निम्ताएर गुल्मी दरबारले भब्य रुपमा मनायो । रोपाइ महोत्सवमा पुगेका कृष ज्ञान केन्द्र प्रमुख नवराज भण्डारीले पछिल्लो तीन वर्ष यता धान फल्ने खेतमा कमि आएको र हाल सम्म ९ प्रतिशत मात्रै रोपाइ भएको जानकारी दिए ।
खर्ज्याङ यता गुल्मिदरबारका थुप्रै फाटहरु स्थानिय तह गठन अघि सिचाइको अभावमा बाझिएका थिए । गुल्मिदरबार गाउँपालिकाका संस्थापक अध्यक्ष स्वर्गीय अशोक कुमार थापाले सिचाँइ योजनाहरु पार्दै गए पछि खेतिहरु बढेको पाइएको छ । उनको मृत्यु पछि गत स्थानिय तहको निर्वाच्स्नमा उहाँ कै छोरा बिजयी भए यता बाबुका अधुरा सपनाहरु पूरा गर्ने गरि काम गरेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया