ताजा अपडेट »

असार-१५ को अवसरमा डेरी व्यवसायी समितिद्वारा शुभकामना आदान प्रदान

शुक्रबार, १५ असार २०८०

बुटवल । रुपन्देही डेरी व्यवसायी समितिको आयोजानामा असार १५ को राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम भएको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाको प्रमुख खेलराज पाण्डेले डेरी व्यवसायीहरुको समस्या समाधानका लागि जहिले पनि सरकार तयार रहेको बताए ।

कार्यक्रममा डेरी व्यवासायी समितिका संस्थापक अध्यक्ष तथा सल्लाहकार भुवनेश्वर न्यौपानले सरकारले वर्षौदेखि डेरी व्यवसायीहरुको समस्या समाधानका लागि कुनै पनि पहल नगरेको गुनासो गरेका थिए । उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले डेरी व्यवसायीहरले उपभोक्ताको स्वाथ्यमा खेलवाड गर्न नहुने बताए । उनले विभिन्न समयमा अनुगमन गर्दा विभिन्न कैफियत देखिएको भन्दै सुधार गर्नका लागि आग्रह गरे ।

कार्यक्रममा सल्लाहकार तथा पूर्व अध्यक्ष नेत्र पाठक, मानवअधिकार तथा शान्ती समाज रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद भट्टराई, सल्लाहकार देवीलाल भट्राई, घरबाहल सरोकार समाज रुपन्देहीका अध्यक्ष राजु लिगल, पत्रकार शरण कर्मचार्य, उपाध्यक्ष विष्णु प्रसाद पाण्डे, अध्यक्ष राम कृष्ण शर्मा लगायतले बोल्दै डेरी व्यवसायीहरुको समस्या समाधानका लागि दीर्घकालिन योजना बनाएर अगाडि बढ्नु पर्ने बताए ।