तिनाउ । पाल्पाको तिनाउ गाउँपालिकामा रहेका सामुदायिक वनका पदाधिकारीहरुका लागि विहिबार एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । गाउँपालिका अन्तरगत रहेका ८४ वटा सामुदायिक वन उपभोक्ता पदाधिकारीहरुलाई समूहमा सुशासन र वन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण गरिएको हो ।
सामुदायिक वन समन्वय समितिको परिचय, यसले गर्दै आएका कामहरु, वातावरणीय सेवा भुक्तानीका विषयमा हुँदै आएका अभ्यास र प्रयासका बारेमा समितिका वरिष्ठ उपाध्यक्ष एवम् संरक्षण अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गरेका थिए । साथै वन उपभोक्ता समूहहरुको काम, कर्तव्य, अधिकार र वन मार्गदर्शन सम्बन्धी विषयमा संरक्षणकर्मी राजेश श्रेष्ठले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । अभिमुखीकरण कार्यक्रममा डढेलो र जलवायू परिवर्तनका बारेमा वन प्राविधिक रोहित भुसाल र आर्थिक ऐन र वनमा सुशासनका आधारहरुका सन्दर्भमा तिनाउ गाउँपालिकाका लेखा अधिकृत शंकर पुरीले सहजीकरण गरेका थिए ।
कार्यक्रमका तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले सामुदायिक वनहरुको सहयोगमा आर्थिक समृद्धि ल्याउन आफूहरु प्रयासरत रहेको बताउँदै समृद्धिका लागि वन कार्यक्रममार्फत तिनाउमा समृद्धिको ढोका उघारिने बताए । सोही कार्यक्रममा गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्यालले राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले आर्थिक सुशासन र वनको विकासमा टेवा पुग्ने बताए ।
कार्यक्रममा सेन्स नेपालका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, पर्यावरण संरक्षण समाज, रुपन्देहीका अध्यक्ष गंगा पोखरेल, तिलोत्तमा सावउसका अध्यक्ष सावित्रा पाण्डेय लगायतले तालिम उपलब्धिमूलक रहेको र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । समितिका अध्यक्ष पदमलाल शाक्यको अध्यक्षता, कोषाध्यक्ष कृष्ण रेग्मीको स्वागत र महासचिव गणेश रास्कोटीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया