गुल्मी । क्यान्सर पीडित गुल्मी मुसिकोटका कैलाश घिमिरे र उनको परिवारले उपचार खर्च अभावमा जीवन रक्षाका लागि सबैसंग सहयोगको याचना गरेका छन । मुसिकोट नगरपालिका-२, शौरापाटा घर भएका ४२ वर्षीय घिमिरे गत चैत्र महिनादेखि घाँटीमा क्यान्सर भई अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका छन् ।
उनको जीवन रक्षाका लागि मुसिकोट नगरपालिकाले एक लाख, प्रदेश सरकारले दुई लाख र देश विदेशमा हुनेहरुले करिव एक लाख सहयोग गरेर अहिलेसम्म उपचार भएको छ । उक्त रकमले पनि उपछार खर्च नपुगेपछि पीडितकी श्रीमति गंगा घिमिरेले गहभरी आँशु पार्दै भनिन ‘अब मेरो कुनै उपाय छैन, म सबैसँग श्रीमानको जीवन रक्षाका लागि सहयोगका लागि हात फैलाउँछु ।’ श्रीमानको यहि असार ३२ गते अप्रेशन गर्ने भनिए पनि आफूसंग खर्च नहुँदा अक्कनबक्कको अवस्तथामा रहेको उनले बताईन ।
घिमिरे परिवार सामन्य किशान परिवार हुन । उक्त परिवारलाई सहयोगका लागि वडा नम्वर-२ को वडा कार्यालयले पनि सिफारिस गरेको छ । घिमिरेलाई सहयोग गर्न चाहने व्यक्तिले मोवाईल नम्वर ९८२७५०९१३० मा सम्पर्क राख्न सकिने बताइएको छ ।
प्रतिक्रिया