ताजा अपडेट »

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले विविध कार्यक्रम गरी रजत दिवस मनाउँदै

विहीबार, १४ असार २०८०

बुटवल । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले आफ्नो २५ औं स्थापना दिवस(रजत दिवस) को अवसरमा ३ दिनसम्म विविध कार्यक्रम गरि मनाएको छ । संघले बुधबार रक्तदान कार्यक्रम गरी सुरु गरेको दिवस अन्तरगत विहिबार बुटवलको जितगढी किल्लामा सरसफाई गरी मनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुधबार रक्तदान गरेको संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए । बुटवलमा रगतको अभाव देखिएको हुँदा ब्यवसायीहरुलाई आव्हान गरि बृहत् रक्तदान कार्यक्रम गरिएको उनले बताए । यसैगर विहिबार विहान सामरिक, ऐतिहासिक र पर्यटकिय स्थल जितगढी किल्ला सरसफाई गरिएको उनले बताए । पर्यटन र होटल ब्यवसाय एउटा सिक्काको दुई पाटा भएको भन्दै पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारमा आफूहरु निरन्तर लागेको बताए ।

संघले स्थापना दिवसको मुल कार्यक्रम शुक्रबार एशियन पार्टी प्यालेसमा आयोजना गरी अशक्त र दिर्घरोगी व्यवसायीलाई सम्मान गरिने बताए । सोही दिन साउन १५ गते दहि चिउरा खाने कार्यक्रम समेत राखिएको उनले बताए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रामप्रसाद गौतम, पूर्वअध्यक्ष समुन्द्र जिसी, वरिष्ठ उपाध्यक्ष माधव कुमार खनाल, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव अर्जुन थापा, निवर्तमान उपाध्यक्ष बाबुराम गौतम लगायत अन्य सदस्यहरुको समेत सहभागिता रहेको छ । ब्यवसायिक भूमिकाका साथ सामाजिक उत्तरदायित्वमा आफूहरु निरन्तर योगदान दिँदै आएको सहभागीहरुले बताएका छन् । बुधबारको रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको थियो । हाल संघमा १ हजार २ सय ३ जना सदस्य रहेका छन् ।