चितवन । पहिरो खसेर चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै बिहीबार साढे १२ बजे पहिरो खसेको हो।पहिरो खसेर सडक अवरूद्ध भएपछि अहिले पहिरो पन्छ्याउने काम भइरहेको मुग्लिनका ट्राफिक प्रहरी इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए।
त्यस ठाउँमा बुधबार साँझ देखि नै पहिरो खसिरहेको उनले बताए।
यसरी समयसमयमा पहिरो खसेपछि सडक पूर्णरूपमा सञ्चालन हुन सकेको छैन। बिहान डोजरले पहिरो पन्छ्याएर दुईतर्फी नै सञ्चालन गरेको पनि उनले बताए। तर फेरि पहिरो खसेर सडक अवरूद्ध भएको हो।पहिरो पन्छयाएर आधा-एक घण्टामा एक तर्फी सञ्चालन गर्ने तयारी रहेको उनले बताए।
प्रतिक्रिया