ताजा अपडेट »

राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा पाल्पामा वृक्षरोपण

विहीबार, १४ असार २०८०

पाल्पा । राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा सामुदायिक वन समन्वय समिति,तिनाउ ,पाल्पाले तिनाउ गाउँपालिका वडा नं. २ को कुसुमडाँडा सामुदायिक वन उपभोक्ता समूहमा बिहिवार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

वृक्षरोपण कार्यक्रमको तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्यालले आँप र लिचीका वेर्ना रोपेर सुरु गरेका थिए । उनले आम्दानी बढाउने फलफूलबाट सामुदायिक वनका उपभोक्ताहरु आत्मनिर्भर हुने बताए । कुसुमडाँडा सावउसले जग्गा खरिद गरि आयआर्जन गर्ने उद्देश्यले वृक्षरोपण थालिएको समन्वय समितिका अध्यक्ष पदमलाल शाक्यले बताउँदै वृक्षरोपण गरिएका वेर्नाहरुलाई हुर्काउने,बढाउने र संरक्षण गर्ने कुसुमडाँडा सावउसका अध्यक्ष राधा न्यौपानेले बताईन् ।

आँप,लिची लगायतका सय बढी वेर्ना लगाईएको जग्गा पाँच रोपनी रहेको समूहका सचिव खुमबहादुर सारुले जानकारी दिए ।