रुपन्देही । धकधईकाे चाैकमा जत्ति नेताहरु सायदै रुपन्देहीको अन्य ठाउँमा भेट्टाउन आजकल मुश्किलनै पर्दछ । सिंहदरबारदेखि गाउकाे राजनिति सम्म चर्चाचर्कि बहस हुने उक्त पश्चिम तराईकाे उक्त चाैकमा नेपालका करिब सबै जसाे राजनैतिक दलका स्थानीय प्रतिनिधि जमघट हुने र छलफल गर्ने गर्दछन् ।
त्यहि चोकमा सधैजसाे भेटिने एक पात्र हुन सन्जय गुप्ता । पत्रकार, किसान र नेता भनेर बहुपहिचान बनाएका सन्जयकाे धकधई चाैकमा हुने हरेक छलफलकाे उपस्थिति अलि फरक र जिम्मेवारीपूर्ण हुने धेरैकाे ठम्माई छ । ०६२/०६३ काे आन्दाेलन ताका र मधेश आन्दाेलनकाे समयमा बुटवल भैरहवाका पत्रकार मात्रै हाेईन काठमाडौंका सन्चार गृहमा समेत सुचना सम्प्रेषण गरेर पत्रकारकाे पहिचान बनाएका सन्जय समय फेरिएसँगै सन्चार कर्मल राजनिति सँगसँगै आजकल कृषि कर्ममा पनि रमाउन थालेका छन् ।
राेहिणि गाउँपालिकाकाे वडा नम्बर ४ मा रहेकाे आफ्नै पुर्ख्याैलि २३ कठ्ठा जग्गामा कृर्षि फार्म सन्चालन गरहेका सन्जयलाई यतिबेला भ्याई नभ्याई भईरहेकाे छ । बिहान र साँझ फारममा ब्यस्त हुने उनी दिँउसाे भने राजनिति र समाजसेवामै सक्रिय हुन्छ न् । राेहिणि ४ सेमरहवामा विगत ५ वर्षदेखि आदित्य एकिकृत कृषि तथा वागवानि फार्म सन्चालन गरहेका छन् । उनकाे फार्ममा १० कठ्ठाकाे माछा पाेखरी छ । त्यहि पोखरीकाे छेउमै रहेकाे १३ कठ्ठाकाे बगैचामा यतिबेला विभिन्न प्रजातिका आँप, ड्रयागन र कागतीका दाना लटरलम्म फलिरहेका छन् ।
भैरहवा-परासी हुलाकी मार्गमा पर्ने धकधई नजिकैकाे सेमहरवामा तराईकाे ४४ डिग्रीकाे गर्मीलाई छल्दै, सुस्ताउँदै फलफुल टिप्दै खानुकाे मज्जा बेग्लै रहेकाे स्थानीय मेचिकाली दैनिकका सम्पादक समेत रहेका अमृत गिरिले बताए । औषधीजन्य जडिबुटी कुरिलाे र बयरकाे काँडा छिचाेल्दै त्यहाँ आउने जाे काेहि पनि बाेटबाटै थरिथरिका आँपका दाना टिपेर खाईरहेका भेटिन्छन् । सन्जयकाे कृषि फारमभित्र ड्रयागन फ्रुट चाख्न र कागतीका भेराईटी लिन आउनेकाे संख्या पनि उत्तिकै छ ।
ब्यवसाय तर्फ उन्मुख हुँदै गएका सन्जय भन्छन- " धेरै जसाे आफै बाेटबाट टिपेर फलफुलकाे स्वाद चाख्न आउँछन् । स्वाद मन परेकाे फल समेत लिएर जान्छन् । "
सन्जयकाे कृषि फार्म अवलाेकन गर्न आउनेहरु पनि उल्लेखनीय संख्या रहेकाे छ । २०४५ सालदेखि विद्यार्थी राजनितिमा सक्रिय उनी वि.स.२०५३ सालमा पाली बहुमुखी क्याम्पस परासिकाे स्ववियु सभापति निर्वाचित भएपछि राजनीतिमा अझ सक्रियता पूर्वक लागेकाे बताउछन् । त्यसयता २०५४ सालमा स्थानीय चुनावमा छिपागढमा गाविस अध्यक्ष पदकाे उम्मेदवार, ०७४ मा राेहिणी गाउँपालिका वडा नम्बर ४ काे वडाध्यक्ष पदकाे उम्मेद्वार रहेका उनी नेताकाे रुपमा समेत परिचित छन् ।
मधेशकाे भूगाेलमा नेता भएपछि जनताकाे हेरक समस्या पर्दा दाैडधुप गर्नुपर्ने कामलाई समेत चुस्त ब्यवस्थापनकाे कारण भ्याईरहेका उनी विभिन्न सामाजिक संघसंस्थाका कार्यक्रममा समेत सहभागी भईरहन्छन् । समय ब्यवस्थापनकाे बारेमा गुप्ता ठट्टा गर्दै भन्छन्-" मलाई जहाँ खाेज्याे त्यहि भेट्टाउनुहुन्छ , तपाईं मलाई भेट्टाउनु कहाँ चाहनुहुन्छ , कृषि फारममा, राजनीतिमा वा सामाजिक कर्ममा ? "
"बिगाहाै-बिगाह जमिन भएका किसानका छाेराछेरी केही गर्न सकिएन भन्दै कतिपय विदेशीरहेका छन् त कतिपय अर्काकाेमा जागिर गर्न गईरहेका छन् । मैले कृषिमा सम्भावना धेरै छ, मेहनत गरे घरकै खेतमा पनि राम्राे पैसा कमाउन सकिन्छ भन्ने सन्देश दिन याे कृर्षि फार्म सन्चालन गरेकाे हुँ ।" गुप्ताले भने । राजनितिकर्मी र सन्चारकर्मी समेत भएकाेले भाषण र समाचार मात्रै जनतालाई दिएर भएन अब काम गरेर नै लाै यसरी काम गराै, निर्वाहमुखी कृषिलाई ब्यवसायिक बनाऔ भनेर किसानहरुलाई सिकाउन मात्रै खाेजेकाे उनले बताए ।
प्रतिक्रिया