ताजा अपडेट »

कमल थापा समलिङ्गी बिबाहको बिपक्षमा, भन्छन- सर्वोच्चको फैसला त्रुटीपूर्ण छ

विहीबार, १४ असार २०८०

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा समलिङ्गी बिबाहको बिपक्षमा उभिएका छन् । सर्वोच्च अदालतले समलिङ्गी बिबाहलाई अस्थायी मान्यता दिएको भोलीपल्ट सार्वजनिक प्रतिक्रियामार्फत थापा बिपक्षीमा देखिएका हुन । 

‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ, समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ।विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो,’ उनले भनेका छन, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’