ताजा अपडेट »

तिनाउमा ईको क्लब बारे अभिमूखिकरण

बुधबार, १३ असार २०८०

तिनाउ । पाल्पाको तिनाउमा ईकाे क्लब सम्बन्धि एक दिवसीय तालिम बुधवार सम्पन्न भएको छ । नेपालमा ईकाे क्लब (विद्यार्थी वातावरण समूह) काे सुरुवात्, वर्तमान अवस्था, विद्यालयमा गठन प्रकिया, काम कर्तव्य, अधिकार, क्लवले गर्दै आएका गतिविधिहरु र समुदायमा पारेकाे प्रभावका विषयमा संरक्षणकर्मी राजेश श्रेष्ठले सहजीकरण गरेका थिए ।

तालिममा सामुदायिक वन समन्वय समिति, तिनाउका वरिष्ठ उपाध्यक्ष एवम् संरक्षण अभियन्ता दलबहादुर गुरुङले तिनाउ गाउँपालिका भित्र रहेका माध्यमिक एवम् आधारभूत विद्यालयमा ईकाे क्लबलाई वैधानिक र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि ईकाे क्लव तिनाउकाे मस्याैदा विधान तयार गरि सहभागीहरुका बीच थप सिर्जनशील बनाउन  एवम् सुझावका लागि प्रस्तुत गरेका थिए । साथै उनले तिनाउ भित्र रहेका आधारभूत र माध्यमिक विद्यालयमा ईकाे क्लव गठन गरिसकेपछि गाउँपालिकास्तरीय इकाे क्लवकाे सञ्जाल समेत गठन गरिने बताए ।

उक्त तालिममा तिनाउ गाउँपालिमाभित्र रहेका आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी सहभागी रहेका थिए । तालिम समापन कार्यक्रममा सेन्स नेपालका केन्द्रीय उपाध्यक्ष भेषराज पाेखरेल, कृष्ण रेग्मी लगायतले तालिमले वन, वातावरण र जैविक विविधता संरक्षणमा ईकाे क्लवकाे भूमिका अपरिहार्य तथा मननयाेग्य हुने बताए ।