गुल्मी । २०७२ सालमा १५ महिना भित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता गरि सुरु गएइएको गुल्मीको एक विद्यालयको भवन ८ वर्ष बित्दा पनि बन्न सकेको छैन् । जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोटदहको धाराचौर आधारभुत विद्यालयको भवन निर्माण कार्य सुरु भएको ८ वर्ष बित्दा पनि सम्पन्न हुन नसकेको हो ।
बिकास निर्माणमा चरम लापरबाही र ढिलासुस्तीले गर्दा ८ वर्ष देखि गिज्जाउदा पनि न निर्माण व्यावसायि लजाउँछ्न न त राज्यको सम्बन्धित निकाय नै । जहाँ पनि त्यस्तै मध्येको एक हो गुल्मीको त्यस धाराचौर आधारभुत विद्यालय भवन निर्माणको हरिबिजोग पनि । त्यस विद्यालयका लागि भारतीय दुतावास मार्फत परेको १६ कोठे भवन निर्माणको योजना २०७२ सालमा साबिक जिल्ला विकास समिति गुल्मीलाई आयो ।
बजेट रकम पनि थोरै हो र ? २ करोड १३ लाख । पछि तत्कालिन जिविस प्राविधिकहरुले स्टुमेट एक करोड ७९ लाखको बनाए । तर टेन्डर आव्हान गर्दा सब भन्दा कम प्रवेश शुभनारायण जेभी काठमाडौले जम्मा ९९ लाखमा भवन निर्माणको ठेक्का पायो ।त्यस जेभिका प्रोपोराइटर हुन् दिनेश लामा । तर उनी बस्ने काठमाडौ भएपछी यति टाढा गुल्मीको भवन निर्माण के चासो उनलाई । कहिले मान्छे पठाउछ्न् जग मात्रै खनेर छाड्छ्न र महिनौ फर्केर आउन्न । यसरी नै बिचमा आउँदै अलिअली काम गर्दै अलपत्र छाड्दै गरेको र लामा फोन सम्पर्कमा समेत आउन छाडेपछी गत वर्ष त्यस भवनको अनुगमन गरी जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्रीले लामालाइै कामका लागि सम्पर्क ल्यार्इ गएको बैशाख सम्म भवन निर्माणको काम सकेर बुझाउन ताकेता गरे ।
बुधबार सोही भवनको अनुगमनमा पुगेका जिसस प्रमुखु खत्रीले स्थानीय सरोकारवालासँग भन्दै थिए गत असारमा आउँदा भववनको त्यो बिजोग देखेपछी निरन्तर यसका निर्माण व्यवसायीको खोजिमा लागियो । बल्ल बल्ल सम्पर्कमा ल्याएर काम सुरु गरार्इ गत बैशाखमा सम्पन्न गरि बुझाउने कबुल गरेका हुन् तर अहिलेसम्म भवन निर्माणको काम सकिएको छैन् ।विद्यालयका प्रध्यानाध्यापक बिष्णु घिमिरेले २०७२ साल साउन ११ गते सम्झौता भै १५ महिनामा सक्ने भनिए पनि निर्माण व्यवसायीको ढिला सुस्तिका कारण बल्ल अहिले ८ बर्षमा सकिन लागेको बताए ।
जिसस प्रमुख खत्रीको पछिल्लो एक वर्ष यताको पटक पटकको ताकेताबाट भने भवन निर्माणको कामले अन्तिम रुप पाएकोमा विद्यालय परिवार हर्षित छ । अनुगमनमा देखिएका कमजोरी नसच्चाए भारतीय दूतावासलाई आफुले उद्घाटनमा ल्याउन नसक्ने भन्दै निर्माण व्यावसायिलाई त्यही अनुसारको काम बेलैमा सक्न जिसस प्रमुखले सुझाए । अनुगमनमा जिल्ला समन्वय अधिकारी सृजना मिश्र, उता मदाने गाउँपालिका प्रमुख महेन्द्र बहादुर कुवँर, उपप्रमुख सरिता खड्का प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थी लगातको सहभागिता थियो । उक्त विद्यालयसहित अन्य थुप्रै योजनहरु पलि वर्षौ देखि अलपत्र परेको पालिका प्रमुख कुवँरको गुनासो थियो ।
जिससमा आफुहरु निर्वाचित भएपछी पहिलो अनुगमन र अलपत्र त्यस विद्यालयलाई सम्पन्न गर्न पहल गरिएको परिणाबाट आफू पुर्णसन्तुष्टी हुन नसके पनि त्यो दिन नजिकिएको जिसस प्रमुख खत्रीको भनार्इ छ ।जेहोस यतिका वर्ष देखि अलपत्र बनेको त्यस विद्यालयलाई निरन्तर समन्व्यकर्ताको भुमिका खेलेर त्यस विद्यालय भवन सम्पन्न हुने अन्तिम चरणमा पुगे सँगै त्यस विद्यालय स्थापनाको ६० वर्ष पछि कच्ची टहराबाट पक्की भवनको युगमा प्रवेश गर्ने अवसर पाएको छ ।
प्रतिक्रिया