ताजा अपडेट »

एनभीए भलिबल: महिलातर्फ पुलिसको पहिलो जित

सोमबार, ०६ माघ २०७६

माघ ६,

काठमाडौं । नेपाल पुलिस क्लब पाँचौं संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ पहिलो जित निकालेको छ । पहिलो खेलमा यू-डायमण्डसँग पराजित भएको पुलिसले दोस्रो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा सोमबार भएको खेलमा पुलिसले ढोरपाटनलाई २५-५, २५-१५ र २५-८ ले पराजित गरेको हो । जितसँगै समूह ‘बी’ को पुलिसले २ खेलमा ३ अंक जोडेको छ । यस समूहमा न्यू डायमण्डको पनि ३ अंक रहेको छ । सेमिफाइनल पुग्ने टोलीको भने न्यू डायमण्ड र ढोरपाटनबीचको समूह चरणको अन्तिम खेलबाट तय हुने छ ।

महिलातर्फ सोमबार भएको दोस्रो खेलमा भरतपुर मेट्रो खेलकुद परिषदले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा हराएर सान्त्वना जित निकालेको छ । भरतपुरले जावलाखेललाई २५-८, २५-९ र २५-१५ ले पराजित गरेको हो ।