काठमाडौं । सरकारले लुम्बिनीका प्रदेशका ३ स्थानमा थप औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ । लुम्बिनीसहित देशभर थप ७ स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जिल्लाका ७ स्थानमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिका ६, सोही जिल्लाको नरहरिनाथ गाउँपालिका २, बाँकेको राप्तीसोनारी गाउँपालिका ४, पाल्पाको रम्भा गाउँपालिका ३, अर्घाखाँचीको शीतगंगा गाउँपालिका १३, पर्साको जगरनाथपुर गाउँपालिका ५ र बाराको महागढीमाइ नगरपालिका ५ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।
सरकारे घोषणा गरे अनुसार लुम्बिनी प्रदेशमा रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रसहितका ठाउँमा ग्राम स्थापनाको काम हुन सकेको छैन । यसअघिनै निर्णय भएका स्थानहरुमा समेत काम अलपत्र परिहेका बेला नयाँ ठाउँमा निर्माण गर्ने भनिएको औद्योगिक ग्रामको काम अघि बढ्नेमा शंका कायमनै रहेको छ ।
प्रतिक्रिया