बुटवल । रुपन्देहीको बुटवल–१३ बेलबासमा बसको ठक्करबाट सोमबार राती स्कुटर चालकको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका ४ का २७ वर्षीय संजय सुनार रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता प्रहरी उपरीक्षक होमबहादुर थापाले ग्लोबल आवाजलाई जानकारी दिए ।
बुटवल–१२ शान्तिचोक स्थित बाटो काट्दै गरेको लु २९ प ८६८३ नम्बरको स्कुटरलाई सोमबार राति पूर्वदेखि पश्चिमतर्फ जाँदै प्रदेश–३–००१ ख ०५७१ नम्बरको बसले ठक्कर दिएको थियो ।
प्रतिक्रिया