ताजा अपडेट »

सिंगापुरबाट फर्के लगत्तै आरजु राणा जापान प्रस्थान

मंगलबार, १२ असार २०८०

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य आरजु राणा जापान प्रस्थान गरेकी छिन् । पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाकाे धर्मपत्नी राणा सिंगापुरबाट फर्के लगत्तै जापान प्रस्थान गरेकी हुन ।

सोमबार साँझ जापान प्रस्थान गरेकी राणााले साे क्रममा स्वास्थ्य जाँच गर्नेछिन, एक केन्द्रिय नेताले भने । श्रीमान देउवाकाे नियमित स्वास्थ्य जाँचका लागि गत जेठ ३० गते सिंगापुर गएकी राणाा गत शुक्रबार मात्रै स्वदेश फर्केकी थिइन् । 

एक बर्ष अघि अर्थात गत भदाैंमा पनि उनी उपचार गर्नका लागि जापान गएकी थिइन् । सोही उपचारको नियमित फलो अपका लागि उनी साेमवार जापान गएकी हुन् ।