बुटवल । दोस्रो पीस पार्क डान्स आइडलको उपाधि सम्राट केसीले जितेका छन् । केसीले ५० जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । आइडलको द्वितीयमा मिनाक्षी थापा र तृतीय रोज थापा भएको कार्यक्रम संयोजक सुन्दर गुरुङले बताए ।
उनीहरुले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजारसहि प्रमाणपत्र प्राप्त गरेका छन् । आइडलको निर्णयकको रुपमा नृत्यकार लोकेन्द्र शाह, रजनी श्रेष्ठ र साहिर केसी रहेका थिए । यस्तै मम्मी डान्स आइडल तर्फ सोनि गुरुङ प्रथम, एली बुढा मगर द्वितीय र सोनिया थापा तृतीय भएको कार्यक्रम संयोजक सुन्दर गुरुङले बताए ।
आइडल र मम्मी डान्स आइडलको संचालन गायक तथा उद्घोषक राजेश भण्डारीले गरेका थिए । सतगढी युवा क्लबको आयोजना जेठ २५ गतेदेखी असार १० गतेसम्म बुटवलको ढवाहामा दोस्रो पीस पार्क, सांस्कृतिक तथा व्यापारीक महोत्सव भएको थियो ।
मेलाको व्यवस्थापन वाली मल्टि एग्रो जोन प्रा.लि. गरेको छ भने संरक्षकमा बुटवल उपमहानगरपालिका र सह–आयोजकमा बुटवल उपमहानगरपालिका वडा नं. १२ रहेको थियो । मेलाको २५ हजार दर्शक दर्शनले अवलोकन गरेको आयोजकको दाबी रहेको छ ।
प्रतिक्रिया