ताजा अपडेट »

रुपन्देहीमा सशस्त्र प्रहरीले बरामद गरेको बस्तु सुन भएको प्रमाणित, अघि बढ्यो कारबाही

आइतबार, १० असार २०८०

भैरहवा । सशस्त्र प्रहरी रुपन्देहीले बरामद गरेको बस्तु सुन भएको पुष्टी भएको छ । बरामद भएको सुनको तौल १ किलो ९६५ दशमलव ३ ग्राम रहेको शसस्त्र प्रहरी सीमा सुरक्षा बल २७ नम्बर गणका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक दिपक थापाले बताए ।

उक्त सुनको मूल्य १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ रुपैया हुन आउने सुनचाँदी ब्यवसायीले अनुमान गरेको उनको भनाई छ । बरामद भएको करको मुल्य १५ लाख तोकी भन्सार ऐन अनुसार कारवाही अगाडि बढाइएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । पक्राउ परेका गिरीलाई भन्सार ऐन २०३४ बमोजिम कारवाही हुने भैरहवा भन्सारका सूचना अधिकृत युवराज भट्टराईले बताए ।

दाङ्ग घोराही नगरपालिका वडा नम्बर १० का २१ वर्षिय हुमानन्द गिरी शनिबार राती उक्त सुनसहित पक्राउ परेका हुन् । विशेष सुराकीको आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तरगतको कालीदह नाकामा चेकजाँचको क्रममा गिरीले हाकेको बा १२ च ३८२० नम्बरको कारबाट सुन बरामद भएको एसपी थापाले बताए ।